
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने युरो र पाउण्डको मूल्य घटेको हो ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७० पैसा र बिक्रीदर १३९ रूपैयाँ ३० पैसा कायम भएको छ । अघिल्लो दिन अमेरिकी डलरको सटहीदर सोही रहेको थियो ।
त्यस्तै आज युरोपियन युरो एकको खरिददर १५० रूपैयाँ २६ पैसा र बिक्रीदर १५० रूपैयाँ ९१ पैसा कायम भएको छ । अघिल्लो दिन युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ १४ पैसा रहेको थियो । त्यस्तै आज यूके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ २२ पैसा र बिक्रीदर १८० रूपैयाँ तोकिएको छ । अघिल्लो दिन युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ १७ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९५ पैसा रहेको थियो ।
स्वीस फ्र्यांक एकको खरिददर १५७ रूपैयाँ ६४ पैसा र बिक्रीदर १५८ रूपैयाँ ३२ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ४६ पैसा र बिक्रीदर ८७ रूपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ४६ पैसा र बिक्रीदर ९६ रूपैयाँ ८७ पैसा तोकिएको छ ।
सिंगापुर डलर एकको खरिददर १०४ रूपैयाँ २० पैसा र बिक्रीदर १०४ रूपैयाँ ६५ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर ९ रूपैयाँ ३७ पैसा र बिक्रीदर ९ रूपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १७ पैसा र बिक्रीदर १९ रूपैयाँ २५ पैसा तोकिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रूपैयाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रूपैयाँ २२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रूपैयाँ १२ पैसा र बिक्रीदर ४ रूपैयाँ १४ पैसा, यूएई दिराम एकको खरिददर ३७ रूपैयाँ ७६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९३ पैसा तोकिएको छ । मलेसियन रिंगेट एकको खरिददर ३१ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ५५ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ९ रूपैयाँ ५७ पैसा र बिक्रीदर ९ रूपैयाँ ६१ पैसा तोकिएको छ ।
स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ७५ पैसा र बिक्रीदर १३ रूपैयाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ १५ पैसा र बिक्रीदर २० रूपैयाँ २३ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८५ पैसा र बिक्रीदर १७ रूपैयाँ ९३ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ ११ पैसा र बिक्रीदर ४५२ रूपैयाँ ०५ पैसा तोकेको छ ।
बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३६९ रूपैयाँ ५१ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रूपैयाँ २७ पैसा र बिक्रीदर ३६१ रूपैयाँ ८३ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।












समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू