
काठमाडौं । यो साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । बुधबारको सेयर कारोबार बन्द हुँदा नेप्से परिसूचक १७ दशमलव २८ अंकले बढेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २७३६ दशमलव ४८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १४६ कम्पनीको सेयर मूल्य बढेको छ भने ८८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १० कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ५५ अंकले बढेर ४५९ दशमलव ०३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटा उपसूचकको सेयर मूल्य बढेको छ भने २ वटाको घटेको छ ।
परिसूचक सँगै आज कारोबार रकममा पनि सामान्य गिरावट आएको छ । अघिल्लो दिन ८ अर्ब ३९ करोड माथिको कारोबार भएको बजारमा आज ८ अर्ब २३ करोड ५२ लाख ६८ हजार ७५५ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३२३ कम्पनीका २ करोड २९ लाख ४१ हजार ३६५ कित्ता सेयर ७९ हजार २३६ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
आज सेयर बजार बढे पनि एउटा कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेर कारोबार भएको छ । आज विन नेपाल लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।













समाचार
३३ प्रतिशतले बढ्यो नबिल बैंकको नाफा, लाभांश क्षमता कति ?
बेनी–जोमसोम सडक रातिमा बन्द
‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै
होर्मुज खोल्ने प्रयास तीव्र, इरान–ओमान वार्ता सकारात्मक, तेलको मूल्यमा गिरावट
आज चार प्रदेशमा भारी वर्षाको सम्भावना
डलरको मूल्य बढ्यो, पाउण्ड र युरोको घट्दा कुन देशको विनिमयदर कति ?
नेपाल आयल निगम भन्छः बजारमा ग्यासको अभाव छैन, नपाए फोन गर्नुस्
विभिन्न २१ मुलुकमा राजदूत नियुक्त गरिँदै
विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए
राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरूद्ध आरोपपत्र दायर