
काठमाडौं । आज असोज ३१ गते विभिन्न ४ कम्पनीको साधारणसभा सम्पन्न हुँदैछ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका नेपाल ल्यूव आयल लिमिटेड, मञ्जश्री फाइनान्स, ओरियण्टल होटल्स लिमिटेड र स्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड साधारणसभा आज बस्दै छ ।
नेपाल ल्यूव आयल लिमिटेडको साधारणसभा पुल्चोकस्थित द प्लाजामा बिहान साढे ११ बजेदेखि शुरू हुँदैछ । यस कम्पनीले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र १.०५२६४५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । यस कम्पनीले असोज १२ गतेदेखि बुक क्लोज गरिसकेको छ । त्यसैगरी मञ्जुश्री फाइनान्स लिमिटेडको १८ औं वार्षिक साधारणसभा नयाँबानेश्वरस्थित थापागाउँ व्याङ्क्वेटमा बिहान ११ बजेदेखि बस्दैछ । यस कम्पनीले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव गरेको छ । अन्य उपयुक्त कम्पनीसँग मर्जरमा जान वा वैदेशिक रणनीति साझेदारीमा जान ढोका खोल्न लागेको यस कम्पनीले असोज २२ गते बुक क्लोज गरिसकेको छ ।
त्यस्तै ओरियण्टल होटल्स लिमिटेडको २८ औं वार्षिक साधारणसभा जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजेदेखि बस्दैछ । सेयरधनीलाई लाभांश प्रस्ताव नगरेको यस कम्पनीले १ बराबर ०.२६६३ को अनुपातमा हकप्रद सेयर निष्कासनको प्रस्ताव गरेको छ । यस कम्पनीले असोज २ गतेदेखि बुक क्लोज गरिसकेको छ ।
त्यसैगरी स्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको ९ औं वार्षिक साधारणसभा सुकेधारास्थित सेलिब्रेसन हाइट्समा आज बिहान ११ बजदेखि शुरू हुँदैछ । लाभांश प्रस्ताव नगरेको यस कम्पनीले एक स्वतन्त्र सञ्चालकको नियुक्ति र ४ सञ्चालकको निर्वाचन गर्नेछ । यस कम्पनीले असोज २४ गते एक दिन बुक क्लोज गरिसकेको छ ।












समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह