
सिचुवान । पोखरा र चीनको सिचुवान प्रान्तको छेन्दुका पर्यटन व्यवसायीले पोखरामा चिनियाँ पर्यटकलक्षित पूर्वाधार तयार पार्न सुझाव दिएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक चार्टर उडानमार्फत छेन्दु पुगेका पर्यटन व्यवसायी र छेन्दुका पर्यटन व्यवसायीबिच नेपाल पर्यटन बोर्डले आयोजना गरेको कार्यक्रममा त्यस्तो सुझाव दिइएको हो ।
पोखरा पर्यटन परिषद् र छेन्दुस्थित महावाणिज्य दूतावाससँगको सहकार्यमा गरिएको कार्यक्रममा दुवै देशका पर्यटन व्यवसायीले सिचुवान एयरलायन्सको उडान नियमित हुनुपर्नेमा पनि जोड दिए । उनीहरूले पर्यटकीय साझेदारीका लागि आफूहरू तयार भएको बताएका छन् ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराबाट छेन्दुसम्म पहिलो व्यावसायिक चार्टर उडान सुरु भएकामा आफूहरू उत्साहित बनेको बताए । उनले उडान नियमित भएमा दुवै पक्षलाई हित हुने भन्दै चिनियाँ पक्षसँग पाँच लाखका हाराहारीमा पर्यटक नेपाल पठाउन आग्रहसमेत गरे ।
प्रमुख आचार्यले नेपाली पर्यटक यहाँको समृद्ध संस्कृति र प्राकृतिक सुन्दरता अनुभव गर्न लालायित भएको र प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्य पोखरामा पोखरा भ्रमण वर्षका अवसरमा चिनियाँ पर्यटकलाई विभिन्न पर्यटकीय प्याकेजमा विशेष छुटका योजना पनि सार्वजनिक गरिएको उनले बताए । सिचुवान प्रान्तको परराष्ट्र विभागका उपमहानिर्देशक लिउ मिनले सिचुवान एयरलायन्सले सुरु गरेको व्यावसायिक चार्टर उडान नियमित हुने विश्वास व्यक्त गरे । दुई देशबिचको ऐतिहासिक सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउनका लागि उडानको निरन्तरतासँगै दुई देशका पर्यटन व्यवसायीबिचको साझेदारी महत्वपूर्ण बन्ने उनको भनाइ थियो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले छेन्दुमा गरिएको बिटुबी एवं सेल्स मिसनबाट दुवै देशका पर्यटन व्यवसायीबिच आपसी मित्रतालाई अझै बलियो बनाउने विश्वास लिइएको बताए । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्य पोखरा चिनियाँ पर्यटकले पनि रुचाइएको गन्तव्य भएको बताए । पोखरामा धेरै चिनियाँ पर्यटक भित्र्याउन पोखरा–छेन्दु उडानको निरन्तरता आवश्यक भएको उनको भनाइ छ ।
छेन्दुस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत सुरेश राउतले पोखरा–छेन्दु उडानलाई नियमित बनाउन महावाणिज्य दूतावासका तर्फबाट गर्न सकिने सहयोगका लागि आफूहरू तयार रहेको बताए । पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले पोखरामा चिनियाँ पर्यटकलक्षित पूर्वाधारहरू विस्तार हुने क्रम पनि बढिरहेको बताउँदै आगामी दिनमा चिनियाँ पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गरे । सिचुवान प्रान्तको परराष्ट्र विभागका उपमहानिर्देशक लिउ मिनले सिचुवान एयरलाइन्सले सुरु गरेको व्यावसायिक चार्टर उडान नियमित हुने विश्वास व्यक्त गरे ।













समाचार
सेबोनको नयाँ आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग
जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा
प्रसारण लाइन निर्माणः प्रभावितलाई दश करोड ३३ लाख मुआब्जा
रोयल इन्फिल्डको ‘वान राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी सहभागी
भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि
रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति
प्रधानमन्त्री बालेन्द्र शाह यूएन महासभामा भाग लिन अमेरिका प्रस्थान, असोज ८ मा सम्बोधन गर्ने
“सीप र रोजगारी : साझा जिम्मेवारी” भन्ने मूल नाराका साथ रोजगार मेला, २०८३ हुँदै
नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
सडक निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो, ७३ लाख ६१ हजार बिगोसहित ८ जनाविरुद्ध मुद्दा