
काठमाडौं । गुल्मी दोस्रो महोत्सव २९ चैतदेखि सञ्चालन हुने भएको छ । गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा कृषि, पर्यटन, व्यापार एवं औद्योगिक मेला १३ वैशाखसम्म सञ्चालन हुने छ ।
सोमबार तम्घासमा पत्रकार सम्मेलन गर्दै गुल्मी चेम्बर अफ कमर्सले ‘गुल्मी जिल्लाको समृद्धिको आधार स् कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मुख्य नारासहित महोत्सवको आयोजना गर्न लागेको जानकारी गराएको हो ।
चेम्बर अफ कमर्सका सचिव सूर्य घिमिरेका अनुसार तम्घासको रेसुङ्गा नगरपालिका–२ स्थित नुनथलामा महोत्सव आयोजना हुनेछ ।
चेम्बर अफ कमर्सका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले महोत्सवबाट ३० करोड बराबरको आर्थिक कारोबार र डेढ लाख जनाले अवलोकन गर्ने अपेक्षा गरिएको बताए ।
महोत्सवमा गुल्मीको समग्र कृषि, पर्यटन, स्थानीय संस्कृति र स्थानीय उत्पादन लगायतलाई प्राथमिकता दिइने आयोजकको भनाइ छ ।
महोत्सवले गुल्मीको कृषि, घरेलु औधोगिक प्रवर्द्धनसँगै पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन र प्रचार प्रमासार महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू