हुम्ला । हुम्ला जिल्लाको दक्षिणी भेगमा मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रम सञ्चालन भइरहेको छ । यो कार्यक्रम चैत १२ गतेदेखि जिल्लाका पाँच वटा गाउँपालिकामा सुरु गरिएको हो ।
कार्यक्रम अन्तर्गत खार्पुनाथ, सर्केगाड, चङ्खेली, र ताजाकोट गाउँपालिकामा सात दिने च्याउ र तरकारीखेती सम्बन्धी तालिमको आयोजना गरिएको छ । यो तालिम उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले सञ्चालन गरेको हो । सिमकोट गाउँपालिकामा भने रातो कम्बल बनाउने ६० दिने तालिम सुरु गरिएको छ । उक्त तालिमको उद्घाटन सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले गरे । सिमकोट गाउँपालिकामा रातो कम्बल बनाउने तालिममा जिल्लाभरिका १२ जनाले सहभागिता जनाएका छन् । कार्यालयका कम्प्युटर अपरेटर सरस्वती भण्डारीले यस कार्यक्रमको उद्देश्य स्थानीयको आर्थिक स्तर सुधार गर्दै रोजगारीका अवसर सृजनासँग जोडिएको बताइन् ।
कर्णाली प्रदेशमा मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रमको उद्देश्य आर्थिक समृद्धि र रोजगारी सृजनामा योगदान पुर्याउनु रहेको छ ।