
पाँचथर । पाँचथरका सरोकारवाला निकायहरू चौँरीको प्राकृतिक तथा सांस्कृतिक महत्त्व संरक्षण गर्दै पर्यटकीय प्रवद्र्धनमा विगतदेखि नै सक्रिय छन् । यही अभियानलाई निरन्तरता दिन, फालेलुङमा आयोजना हुने आठौँ फालेलुङ चौँरी महोत्सव घोषणा गरिएको छ । शुक्रवार फिदिममा पत्रकार सम्मेलनमा गर्दै आगामी चैत ३१ देखि वैशाख २ गतेसम्म महोत्सव सञ्चालन गरिने आयोजकले जनाएका छन् ।
फालेलुङ क्षेत्र चौँरी पालन र पर्यटनको केन्द्र
भारतसँगको सीमावर्ती क्षेत्र तीन हजार ५०० मिटर उचाइमा रहेको आकर्षक फालेलुङ क्षेत्र चौँरी पालनका लागि प्रसिद्ध हब मानिन्छ । चौँरी पालन व्यवसायलाई प्रवद्र्धन गर्दै पर्यटनसँग जोडेर ग्रामीण अर्थतन्त्र उठाउने उद्देश्यले महोत्सव गरिँदै आएको हो । फालेलुङ गाउँपालिकाको मुख्य आयोजनामा हुने महोत्सवमा फालेलुङ कञ्चनजङ्घा पर्यटकीय संस्था, दीप ज्योति युवा क्लब, कञ्चनजङ्घा चौँरी पालन तथा संरक्षण संस्था आयोजकका रूपमा रहेका छन्। । साथै, पर्यटन, वन तथा वातावरण मन्त्रालय (कोशी प्रदेश), नेपाल पर्यटन बोर्ड, र नेपाल पत्रकार महासङ्घ पाँचथर शाखा प्रवद्र्धकका रूपमा संलग्न छन् । विभिन्न स्थानीय किसान सङ्घ संस्थाहरूले व्यवस्थापनमा सहकार्य गर्ने आयोजक डिल्ली आञ्जुम केरुङले बताए ।
महोत्सवका आकर्षणहरू
महोत्सवमा याक नृत्य प्रस्तुत गरिनुका साथै चौँरी पालन पेसाको परिचय पस्किने रैथाने सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिने बताइएको छ । चौँरी, भेडाजन्य दूध, उन, छुर्पी, घिउ जस्ता विभिन्न उत्पादनको दृश्यावलोकन, खरिद विक्री र खाने बस्ने सुविधाका लागि स्टल, गोठस्टेको प्रबन्ध हुने आयोजक भनाइ छ । महोत्सवलाई मनोरञ्जनमय बनाउन रैथाने परम्परागत खेलकुद र राष्ट्रिय कलाकार आमन्त्रण गरेर साङ्गीतिक कार्यक्रम पनि गर्ने भनिएको छ । महोत्सव गर्न लागिएको फालेलुङ क्षेत्रमा लोपोन्मुख रेडपाण्डा पाइनु साथै यहाँबाट मज्जाले सूर्योदयको दृश्य अवलोकन गर्न सकिन्छ । कञ्चनजङ्घा, कुम्भकर्ण, मकालु, सगरमाथा लगायतको हिमशृङ्खलासमेत देख्न पाइन्छ ।
विशेष आकर्षण ज्वाइँ याक प्रदर्शन
फालेलुङ चौँरी महोत्सवमा पुगे यस अवसरमा नेपालका साथै भुटानको ज्वाइँ याक पनि देख्ने अवसर पाइन्छ । यहाँका किसानले भुटानबाट उन्नत नस्लका याक (भाले चौँरी) बिउका रूपमा ल्याउने गर्दछन् । जसलाई घर ज्वाइँ याकका रूपमा लामो समय पाल्ने परम्पराकै रूपमा रैथाने चलन छ । आउने महोत्सवमा मुख्य प्रदर्शनको रूपमा ज्वाइँ याकलाई प्रस्तुत गरिने जनाइएको छ । यसपालि चौँरीका बथान र मुख्यगरी ज्वाइँ याकसँग सेल्फी, रिल्स, टिकटक खिचेर बनाएर रमाउन चाहनेका लागि व्यवस्थित सुविधा प्रदान गरिने जनाइएको छ ।
महोत्सवमा भेट हुने ग्वालाका मुखबाट चौँरीसँग जोडिएका विभिन्न रमाइला किस्साहरू समेत सुन्ने सुनाउने प्रबन्ध पनि गरिने बताइएको छ । यस्ता विभिन्न आकर्षणको पक्षसँग जोडिएको चौँरी महोत्सव सफल पार्न आइदिन फालेलुङ गाउँपालिका उपाध्यक्ष महेन्द्र जवेगुले सबैसँग अनुरोध गरे । उनले महोत्सवको माध्यमबाट स्थानीय आयआर्जन प्रवद्र्धन, चौँरी पालन संरक्षण तथा पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।













समाचार
संविधान दिवसमा नेपाल टेलिकमको अफर, ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा
धितोपत्र बोर्डद्वारा ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा तयार
माघमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ आयोजना हुने, ईभी र्याली र आयोजना स्थल भ्रमण गराइने
एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित
कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन
भोटेकोशी बाढीः ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
२२.५ मेगावाटको जाल्दीगाड आयोजनामा ४ अर्ब ६० करोड लगानी जुट्यो
मधेस, सहकारी मन्त्रालय, काठमाडौँ महानगर र शिक्षा क्षेत्रमा सबैभन्दा धेरै उजुरी : अख्तियार