सेयर बजार २९ अ‌कले बढ्याे, कारोबार रकममा पनि सुधार

काठमाडौं । आइतबार सेयर बजार परिसूचक दोहोरो अंकले बढेर कारोबार भएको छ । आज नेप्से परिसूचक २९ दशमलव ८२ अंकले बढेर २६९३ दशमलव ५५ विन्दुमा पुगेको हो । यो अघिल्लो कारोबार दिनको भन्दा १.२१ प्रतिशतले धेरै हो ।

आइतबार सेयर बजारमा २२२ कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ५० अंकले बढेर ४५० दशमलव ७९ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने एउटा उपसूचकको सेयर मूल्य भने घटेको छ ।

आज परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो कारोबार दिन ५ अर्ब २२ करोड माथिको कारोबार भएको बजारमा आज ७ अर्ब ५६ करोड ८२ लाख २६ हजार १९७ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३२३ कम्पनीका १ करोड ५५ लाख ७२ हजार ८६२ कित्ता सेयर ७६ हजार ३५४ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार