
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना न्यौपानेले जनताको भावनाअनुसार आफूले काम गरेरै देखाउनुपर्ने बताइन् । उनले यो जित आफूहरूका लागि खुसीसँगै चुनौती पनि रहेको बताइन् ।
आज निर्वाचित भएपछि पत्रकारहरूसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दर्शनाले भनिन्, “३०/३५ वर्षदेखि बारम्बार धोका दिएकाहरूको ढोकै बन्द गरिदिन्छौँ भन्ने नेपाली जनताले भोट दिनुभएको छ । हाम्रो लागि सुखद र चुनौती छ । हामीले गरेर देखाउनैपर्छ ।”
उनीले काठमाडौँ क्षेत्र नम्बर १ का मतदातालाई धन्यवाद दिँदै अहिले देखिएको जनमत वैकल्पिक र विवेकशील राजनीतिको जित भएको प्रतिक्रिया पनि दिइन् । यसलाई पार्टीले विशेष रुपमा लिएको पनि उनले बताइन् । उनले १५ हजार ४५५ मत प्राप्त गरी विजयी भएकी हुन् ।
आजै उनलाई मुख्य निर्वाचन अधिकृतले विजयीको प्रमाणपत्र प्रदान गरिसकेको छ । आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापा क्षेत्रीलाई नौ हजार ९१ मतान्तरले पछि पार्दै ३० वर्षीया न्यौपाने निर्वाचित भइन् ।













समाचार
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज