
गण्डकी । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्र्टी (रास्वपा)ले अग्रता लिएको छ । जारी मतगणनाको परिणाम अनुसार कास्कीको निर्वाचन क्षेत्र नं १ मा रास्वपाका खड्कराज पौडेलले १० हजार ३५८ मतसहित अग्रस्थानमा छन् ।
यस क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वैनबहादुर क्षेत्री (अधिकारी) पाँच हजार १२० मतसहित दोस्रो र नेपाली कांग्रेसका तिलकबहादुर रानाभाट चार हजार ८७२ मतसहित तेस्रो स्थानमा छन् । कास्की क्षेत्र नं २ मा रास्वपाका उत्तमप्रसाद पौडेलले २१ हजार ३०८ मतसहित अग्रस्थानमा छन् ।
एमालेका रश्मी आचार्य पाँच हजार ७४० मतसहित दोस्रो र नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला तीन हजार ३४४ मतसहित तेस्रो स्थानमा छन् । कास्की क्षेत्र नं ३ मा रास्वपाका बिना गुरुङ २१ हजार १०१ मतसहित अग्रता लिए ।
यस क्षेत्रमा नेपाली कांग्रेसका मनोज गुरुङले आठ हजार ९२४ र एमालेका दामोदर बैरागीले चार हजार ७८७ मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय, पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।













समाचार
पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता
रास्वपा कम्युनिष्ट पार्टीको मुख्य शत्रु हो : झलनाथ खनाल
गृहमन्त्रीले थाले गरिमाका बुबा-आमासँग छलफल
यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : ओली
‘छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ’: प्रधानन्यायाधीश शर्मा
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला