
पाल्पा । गर्मीयाम बढेसँगै तालपोखरामा पर्यटकको चहलपहल बढ्न थालेको छ । रामपुर नगरपालिका–६ स्थित तालपोखरामा यतिबेला घुम्न जाने आन्तरिक पर्यटक आउने जाने क्रम बाक्लिँदै गएको छ । तालपोखरामा डुङ्गा सयर गर्ने, पार्क अवलोकन गर्दै फोटो, टिकटक तथा भिडियो बनाएर रमाउने बढेका छन् । रामपुरको बेझाड बजार, किसानबारी बजार, विजयपुरबाट पक्की सडक जोडिएकाले तालपोखरा पर्यटकको गन्तव्यस्थल बनेको हो ।
बिदाका दिन घुम्न आउनेको बाक्लो उपस्थिति रहने गरेको तालपोखरा संरक्षण समिति सदस्य जनक भण्डारी बताए । सडक सुविधाको पहुँच भएपछि तालपोखरा आउन पर्यटकलाई सहज भएको भण्डारीको भनाइ छ । तालमा पाँच वटा डुङ्गा रहेको डुङ्गा चालक भगवान देवकोटाले जानकारी दिए ।
ताल परिसरको आरामस्थल चिटिक्क पारिएको छ । हाल दैनिकजसो एक सयभन्दा बढी पर्यटक आउने गरेको जनाइएको छ । वर्षायाममा पानी जम्मा हुने सामान्य पोखरीलाई पर्यटकीय विकास गर्ने उद्देश्यले यहाँका स्थानीयले व्यवस्थित ताल निर्माण गरी सञ्चालनमा ल्याएपछि यो क्षेत्र पछिल्लो समय उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको छ । नेपाल सरकारले पनि यस क्षेत्रलाई एक सय पर्यटकीय गन्तस्थलको रूपमा सुचीकृत गरी पर्यटन विकासमा सघाएको छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह