
काठमाडौं । जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासको क्षति आकलन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मध्यपश्चिम विश्वविद्यालयबीच सम्झौता भएको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्ट र विश्वविद्यालयको ग्राजुएट स्कुल अफ इञ्जिनियरिङका डिन सहप्राध्यापक डा राजन सुवालले आज यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा अवस्थित विश्वविद्यालयले २८ हजार तीन सय ५७ परिवारको निजी घरको क्षति अनुमान गर्न ८५ जना प्राविधिक भूकम्प प्रभावित जिल्लामा खटाउने प्राधिकरणका कार्यकारी प्रमुख भट्टले जानकारी दिए । यही चैत ३० गते साँझसम्मको प्राधिकरणको प्रणालीमा प्रविष्ट तथ्याङ्कानुसार जाजरकोट भूकम्पबाट प्रभावित ३४ हजार ३५ निजी आवासको विस्तृत क्षतिको अन्दाज भइसकेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो