
काठमाडौं । कुमारी बैंक लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । बैंकको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस ३० गते बुधबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे २५ औं वार्षिक साधारणसभा बोलाएको हो ।
बैंकले यस अघि नै लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ । साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ ।
त्यसैगरी बैंकको सहायक कम्पनी कुमारी क्यापिटल र केबीएल सेक्युरिटिज लिमिटेडको गत आवको वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण पारित गर्ने र चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ ।
साधारणसभा प्रयोजनार्थ बैंकले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा पुस १७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीहरू मात्रै उक्त सभामा भाग लिन सक्नेछन् ।













समाचार
३२ औँ विश्व आदिवासी दिवस आइतबार, सबैलाई उपस्थितिका लागि शेर्पासंघको आग्रह
आइएमई लाइफले असारमा भुक्तानी गर्यो ७ करोड ६ लाख रुपैयाँ दाबी
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफल : प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
अजित मिजारका परिवारसँग मन्त्री बादीको भेट, न्यायका लागि समन्वय र पहल गर्ने प्रतिबद्धता
पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर
सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद
कैलाश हेलिकप्टरको ३९ करोड ४० लाखको कारोबार
राष्ट्रसेवक कर्मचारीको १० प्रतिशत प्रोत्साहन भत्ता भुक्तानी गर्न महालेखाको परिपत्र
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री
राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने