
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपैयाँ ४० पैसा र बिक्रीदर १८१ रुपैयाँ १९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८७ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ १५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।
यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८ रुपैयाँ ७५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०९ पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ ।
त्यसैगरी, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६२ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १४ रुपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७५ पैसा र बिक्रीदर २० रुपैयाँ ८४ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७ रुपैयाँ ६३ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ५४ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ६० पैसा र बिक्रीदर ३६३ रुपैयाँ १९ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ५९ पैसा रहेको छ । यस्तै, केन्द्रीय बैंकले भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय