आईपीएल क्रिकेट : मुम्बईद्वारा हैदराबाद चार विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई हराएको छ । हिजो भएको खेलमा मुम्बईले हैदराबादलाई चार विकेटले हराएको हो । मुम्बईको यो लगातार दोस्रो जीत हो ।

हैदराबादले दिएको १६३ रनको लक्ष्य पछ्याएको मुम्बईले १८ ओभर १ बलमा ६ विकेट गुमाउँदै १६६ रन बनायो । मुम्बईका विल ज्याक्सले सर्वाधिक ३६ रन बनाए । रायान रिकेल्टनले ३१ जोडे । हैदराबादका कप्तान प्याट कमिन्सले तीन विकेट लिए । त्यसअघि वानखेडे स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६२ रन बनाएको थियो । हैदराबादका ओपनर अभिषेक शर्माले सर्वाधिक ४० रन बनाए । हेनरिक क्लासनले ३७ रन जोडे । मुम्बईका विल ज्याक्सले दुई विकेट लिए ।

जीतसँगै सातौं स्थानमा कायम रहेको मुम्बईले सात खेलबाट ६ अङ्क पु¥याएको छ । हैदराबादले भने पाँचौं हार बेहोरेको छ । हैदराबाद समान खेलबाट चार अङ्कसहित नवौं स्थानमा छ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु र पन्जाब किङ्ग्स खेल्ने छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार