
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपको पहिलो वार्मअप खेलमा नेपालले सहज जित निकालेको छ । आज भएको खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको हो ।
जितका लागि पाएको १४६ रनको लक्ष्य नेपालले १७ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको हो । नेपालको जितमा दीप्न्द्र सिए ऐरि र आरिफ शेखले अर्धशतक प्रहार गरे । आरिफले ६१ रन र दीपेन्द्रले ५० रनको अविजति पारी खेले । यी दुईले तेस्रो विकेटका लागि १०३ रनको शतकीय साझेदारी गरे । कुशल भुर्तेल र आशिफ शेख ८ रनमा आउट भए भने कप्तान रोहित कुमार पौडेलले १६ रनको योगदान दिए ।
चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । युएईका सोहेब खानले अविजित रहँदै सर्वाधिक ३८ रन बनाए । हर्षित कौशिकले ३५, ओपनर आर्यन्श शर्मा २५, मुहम्मद जोहैब १९, अलिशान सराफु १२ रनमा आउट भए । नेपालका करण केसी र सन्दीप लामिछानेले समान २ विकेट लिए ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान