काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन सेयर बजार परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन गत बिहीबार उच्च अंकले बढेको सेयर बजार आज १६ दशमलव ६८ अंकले घटेको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७०६ दशमलव ०४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा ५३ कम्पनीको सेयर मूल्य बढेको छ भने १९२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै एउटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ६४ अंकले घटेर ४५६ दशमलव ५८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटा उपसूचकको सेयर मूल्य घटेको छ भने २ वटा उपसूचकको सेयर मूल्य मात्रै बढेको छ ।
आज परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिन १० अर्ब ७९ करोड माथिको कारोबार भएको सेयर बजारमा आज ८ अर्ब ४३ करोड ३५ लाख ८९ हजार ७८५ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३२८ कम्पनीका २ करोड १३ लाख २३ हजार ९६७ कित्ता सेयर ७४ हजार ४५ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ ।
दुई कम्पनीमा भने सकारात्मक सर्किट
आइतबार सेयर बजार परिसूचक घटेर बन्द हुँदा दुई कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा नेपाल माईक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आज नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य ५८ रुपैयाँ ८० पैसाले बढेर ६४७ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले बढी हो । त्यस्तै आज क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य ९.९८ प्रतिशत अर्थात् ४८ रुपैयाँ ६० पैसाले बढेर ५३५ रुपैयाँ ४० पैसा पुगेको छ ।
त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा राधी विद्युत कम्पनी, बोलटर्स नेपाल (बालाजु) र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन् । आज राधी विद्युतको सेयर मूल्य ३१ रुपैयाँ ९८ पैसाले बढेर ५७१ रुपैयाँ १६ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.९२ प्रतिशतले धेरै हो ।
आज बोटलर्स नेपाल बालाजुको सेयर मूल्य १ हजार ४८ रुपैयाँले बढेर १८ हजार १९९ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ६.११ प्रतिशतले बढी हो । त्यस्तै आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ७.४९ प्रतिशत अर्थात् १७४ रुपैयाँ ०७ पैसाले बढेर २ हजार ४४९ रुपैयाँ ४५ पैसा पुगेको छ ।
धेरै मूल्य घट्ने शीर्ष ५ कम्पनीमा ३ विकास बैंक
आइतबार सेयर बजार घटेर कारोबार बन्द हुँदा कुल १९२ कम्पनीको सेयर मूल्य घटेर कारोबार भएको छ । आज सबैभन्दा धेरै मूल्य घट्ने पाँच कम्पनीमा २ वटा हाइड्रो पावर र तीन वटा विकास बैंक छन् ।
आज बलेफी हाइड्रोपावर र हिमालयन पावर पाटनर तथा सप्तकोशी डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक र एक्सल डेभलपमेन्ट बैंक छन् । आज बेलेफी हाइड्रोको सेयर मूल्य १७ रुपैयाँ ८३ पैसाले घटेर २२७ रुपैयाँ ४९ पैसा पुगेको छ ।
जुन अघिल्लो दिनको भन्दा ७.२७ प्रतिशतले कम हो । त्यस्तै आज हिमालयन पावरको सेयर मूल्य ७.३३ प्रतिशत अर्थात् ४८ रुपैयाँ ८९ पैसाले घटेर ६१८ रुपैयाँ ९१ पैसा पुगेको छ ।
आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ५८ रुपैयाँ ७५ पैसाले घटेर १ हजार १२० रुपैयाँ ७३ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.९८ प्रतिशतले कम हो।
आज लुम्बिनी विकास बैंकको सेयर मूल्य ४.२९ प्रतिशत अर्थात् १८ रुपैयाँ ४४ पैसाले घटेर ४११ रुपैयाँ ६५ पैसा पुगेको छ । आज एक्सल डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ३.९० प्रतिशत अर्थात् २५ रुपैयाँ ६८ पैसाले घटेर ६३२ रुपैयाँ ५४ पैसा पुगेको छ ।