
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन सेयर बजार परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन गत बिहीबार उच्च अंकले बढेको सेयर बजार आज १६ दशमलव ६८ अंकले घटेको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७०६ दशमलव ०४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा ५३ कम्पनीको सेयर मूल्य बढेको छ भने १९२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै एउटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ६४ अंकले घटेर ४५६ दशमलव ५८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटा उपसूचकको सेयर मूल्य घटेको छ भने २ वटा उपसूचकको सेयर मूल्य मात्रै बढेको छ ।
आज परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिन १० अर्ब ७९ करोड माथिको कारोबार भएको सेयर बजारमा आज ८ अर्ब ४३ करोड ३५ लाख ८९ हजार ७८५ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३२८ कम्पनीका २ करोड १३ लाख २३ हजार ९६७ कित्ता सेयर ७४ हजार ४५ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ ।
दुई कम्पनीमा भने सकारात्मक सर्किट
आइतबार सेयर बजार परिसूचक घटेर बन्द हुँदा दुई कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा नेपाल माईक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आज नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य ५८ रुपैयाँ ८० पैसाले बढेर ६४७ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले बढी हो । त्यस्तै आज क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य ९.९८ प्रतिशत अर्थात् ४८ रुपैयाँ ६० पैसाले बढेर ५३५ रुपैयाँ ४० पैसा पुगेको छ ।
त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा राधी विद्युत कम्पनी, बोलटर्स नेपाल (बालाजु) र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन् । आज राधी विद्युतको सेयर मूल्य ३१ रुपैयाँ ९८ पैसाले बढेर ५७१ रुपैयाँ १६ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.९२ प्रतिशतले धेरै हो ।
आज बोटलर्स नेपाल बालाजुको सेयर मूल्य १ हजार ४८ रुपैयाँले बढेर १८ हजार १९९ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ६.११ प्रतिशतले बढी हो । त्यस्तै आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ७.४९ प्रतिशत अर्थात् १७४ रुपैयाँ ०७ पैसाले बढेर २ हजार ४४९ रुपैयाँ ४५ पैसा पुगेको छ ।
धेरै मूल्य घट्ने शीर्ष ५ कम्पनीमा ३ विकास बैंक
आइतबार सेयर बजार घटेर कारोबार बन्द हुँदा कुल १९२ कम्पनीको सेयर मूल्य घटेर कारोबार भएको छ । आज सबैभन्दा धेरै मूल्य घट्ने पाँच कम्पनीमा २ वटा हाइड्रो पावर र तीन वटा विकास बैंक छन् ।
आज बलेफी हाइड्रोपावर र हिमालयन पावर पाटनर तथा सप्तकोशी डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक र एक्सल डेभलपमेन्ट बैंक छन् । आज बेलेफी हाइड्रोको सेयर मूल्य १७ रुपैयाँ ८३ पैसाले घटेर २२७ रुपैयाँ ४९ पैसा पुगेको छ ।
जुन अघिल्लो दिनको भन्दा ७.२७ प्रतिशतले कम हो । त्यस्तै आज हिमालयन पावरको सेयर मूल्य ७.३३ प्रतिशत अर्थात् ४८ रुपैयाँ ८९ पैसाले घटेर ६१८ रुपैयाँ ९१ पैसा पुगेको छ ।
आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ५८ रुपैयाँ ७५ पैसाले घटेर १ हजार १२० रुपैयाँ ७३ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.९८ प्रतिशतले कम हो।
आज लुम्बिनी विकास बैंकको सेयर मूल्य ४.२९ प्रतिशत अर्थात् १८ रुपैयाँ ४४ पैसाले घटेर ४११ रुपैयाँ ६५ पैसा पुगेको छ । आज एक्सल डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ३.९० प्रतिशत अर्थात् २५ रुपैयाँ ६८ पैसाले घटेर ६३२ रुपैयाँ ५४ पैसा पुगेको छ ।












समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम