लुम्बिनीमा हुने चौथो एशियन बुद्धिस्ट सांस्कृतिक महोत्सवले नेपाललाई विश्वमा चिनाउँछ : भिक्षु सुमंगलो

काठमाडौं । नेपालको लुम्बिनीमा चौथो एशियन बुद्धिस्ट सांस्कृतिक महोत्सव आयोजना हुँदैछ । लुम्बिनीमा भोलिदेखि उक्त महोत्सव सुरु हुने भएको हो ।

यस अघि कम्बोडिया, श्रीलंकामा आयोजना भइसकेको यो महोत्सवले यहाँको पर्यटन विकासका साथै विश्व सामु नेपाललाई चिनाउने भिक्षु सुमंगलोले बताएका छन् । यो महोत्सव सन् २०१६ मा थाइल्याण्डमा आयोजना भएको थियो । लुम्बिनीमा हुने यो महोत्सव लुम्बिनीको मीडिटेशन (सभा) हलमा आयोजना हुने छ । थाइल्याण्डमा १ लाख ६० हजार मानिस सहभागि भएका थिए । थाइल्याण्ड बुद्धिस्ट राष्ट्र भएकाले पनि धेरै सहभागिता भएको थियो । लावसका प्रमुख भिक्षु संगराजले क्षेत्रमा २ हजार मानिस बस्ने ठाउँमा एक जना सानो बालकले ठूलो भिक्षुसँग साइकल मागेको र भिक्षुले पैसा छुनु हुँदै भन्ने कुरा गरेको र त्यो कुरा अरु समुदायका मानिसहरुले थाहा पाएर त्यो गाउँमा १०० वटा साइकल बाढी दिनु भयो । त्यस पछि त्यो गाउँको मानिसहरु अर्को धर्म सम्प्रदायमा गए ।

चौथो बुद्धिस्ट महोत्सवका उपाध्यक्ष मिस्टर जेन हुनुहुन्छ । यसको मुख्य कार्यालय हंकङमा रहेको छ । उहाँ लावसमा गएर हामीहरुले एक अर्काको कुरा बुझ्नु पर्ने रहेछ भन्ने बोध गरेर यो परम्परा सुरु भएको हो । यसरी सुरु गर्दा लावसका भिक्षुहरुले सम्झौता पनि भयो । जुन सम्झौता यस्ता महोत्सव गर्नु पर्ने रहेछ भन्ने बोधका साथ गरिएको थियो । त्यसरी सुरु गर्दै गर्दा सम्झौता भएको दुई दिन पछि नै हाम्रो प्रमुख भिक्षुले शरीर त्याग गर्नु भयो ।

त्यस पछि लावस, कम्बोडिया, श्रीलंका हुँदै नेपालमा आयोजना गरिएको हो । यो दुई देखि तीन वर्षको अन्तरालमा आयोजना गरिने गरिएको छ । कोरोनाका कारणले अहिले केही समय लामो भएको हो । भगवान बुद्ध जन्मेको स्थानमा यो कार्यक्रम गर्नु पर्छ भनेर १७० देशका भिक्षुहरु उपस्थित भएर यो कार्यक्रम आयोजना हुँदैछ । अहिले हामी सबै यो सफल बनाउन लागेका छौँ ।

मेवा सिंह भन्ने भिक्षु हुनु हुनुहुन्छ । उहाँ चाइनाको सामान्य परिवारमा जन्मेर ठूलो व्यापारी बनिसकेको र साथीसँग बसेर गफ गर्दै जाँदा यो संसार केही रहेन छ भन्ने बोध भएर गृह त्याग गरेर लुम्बिनीमा भिक्षु बन्नु भएको थियो । त्यो समयमा म पनि थाइल्याण्डबाट आफ्नो अध्ययन सकेर नेपाल फर्केको थिएँ ।

लुम्बिनी क्षेत्रका कुल पुत्रलाई मैले हेरचाहा गर्ने र सिकाउने काम गरिरहेको थिए । त्यो समयमा नै उहाँसँग मेरो भेटघाट भयो । मेहा सेनको साथी मिस्टर झेन भन्ने साथीले ती वटा देशमा यस्तो महोतसव गरिसकेको र बुद्ध जन्मेको स्थानमा गर्नु राम्रो हुन्छ भने पछि यो कार्यक्रम आयोजना गर्न लागिएको हो । यो कार्यक्रमलाई अघि बढेको पूर्व प्रधानमन्त्री प्रचण्ड भएको समयमा नै हो । पछि नेपालमा सरकार परिवर्तन पनि भयो । त्यस पछि पनि हामीहरुले मन्त्रीसँग छलफल गरेर अघि सारिएको हो । अहिलेका प्रधानमन्त्रीको इच्छा पनि रहेकाले यो कार्यक्रम गर्नका लागि हामीहरुलाई सकारात्मक उर्जा मिल्यो र कार्यक्रम गर्न लागिरहेका छौँ । लुम्बिनीमा गर्दा नेपालमा ५०० जना जति विदेशी पाहुउना आउने कार्यक्रम छ । त्यसैले यसलाई रामग्राममा पनि गर्नु पर्छ भन्ने सोचिरहेका छौँ । हाम्रो ६० हजार दियो बाल्ने योजना पनि छ ।

कपिलबस्तुको रामग्राम पनि हाम्रो महत्वपूर्ण क्षेत्र भएकाले त्यहाँ पनि कार्यक्रम गर्नु पर्छ भनेर योजना बनाएका छौँ । २६ तारिखमा लुम्बिनीमा कार्यक्रमको उद्घाटन हुन्छ । उद्घाटन पछि टेलियोग्राफि र त्यहाँको पुराना कुराको प्रदर्शनी हुन्छ । नेपालको थान्का देखि पुराना लिपिहरु पनि प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । साँझ मायादेवीको मन्दीरमा ६० हजार दियो बाल्ने कार्यक्रम छ । विश्व शान्तिका लागि दियो बाल्ने कार्यक्रम गर्न लागिएको हो ।

त्यसै गरी २७ तारिखमा मायादेवी मन्दीरमा नै यो महोसव समापन गरिने छ । मुख्य कार्यक्रम मेडिटेशन (सभा )हलमा आयोजना गरिने छ । त्यहाँ ५ हजार मानिसहरु अट्छन् । त्यसै गरी बिहान नै यो कार्यक्रम सकिन्छ । विहान नै त्यहाँ प्रसाद वितरणको कार्यक्रम पनि राखिने छ भने दिउसोमा रामग्राममा त्यहाँको इतिहासको विषयमा आएका पाहुनाहरुलाई जानकारी दिने गरि यो कार्यक्रम गरिने छ । यसबाट यहाँको विषयमा विश्वभर जानकारी पुग्नमा सहयोग पुग्नेछ ।

कपिलबस्तुमा ककुछन्द बुद्ध जन्मेको ठाउँ र भगवान बुद्ध २९ वर्ष बसेको ठाउँ पनि यहाँ नै रहेको र आमाबुबालाई ज्ञान दिएको भन्ने विषयमा जानकारी दिनका लागि सानो प्रवचनको कार्यक्रम पनि राखिएको छ । यो कार्यक्रम साँझ ५ देखि ७ बजेसम्म हुने छ । लामो छलफल पछि सबै बुद्धिस्टहरुको प्रिय स्थान भएकाले यो ठाउँलाई छनौट गरिएको हो ।

यो महोत्सवको मुख्य उद्देश्य भनेको एशियन देशहरुमा भगवान गौतम बुद्धले ज्ञान प्राप्त गरिसकेपछि जुन ८४ हजार बचन छ त्यो बचन विभिन्न देशमा पुग्दा त्यहाँको संस्कृतिलाई अपनाउँदै थेरवात, महायान, ब्रजयानमा विभाजन भयो । अहिले पनि हाम्रो एशियाली देशहरुमा भगवान गौतम बुद्ध प्रतिको आफ्नै परम्परा अनुसार पालन गरिएको छ । थेरावाद भिक्षुहरुमा जुन रुपमा पय बुद्धको पालि त्रिपिटकलाई नविगारीकन त्यसरी नै पालन गर्ने चलन छ । त्यस्तै पैसा सुन नछुने परम्परा पनि रहेको छ ।

त्यस्तै महायानमा अलिकति विनयका कुराहरु रहेका छन् । त्यो त्यति कडा रहेको छैन । बज्रयानमा पनि आफ्नै रुपमा चलिरहेको छ । यस्ता विभिन्न परम्परालाई बुझ्ने एकअर्काको परम्परालाई सम्झने मुख्य समय पनि बन्ने छ । एशियाका सबै परम्परालाई बुझ्नका लागि यो कार्यक्रम गरिएको हो । विभिन्न देशमा भएको परम्पराको सांस्कृतिक परम्पराको आदानप्रदान मुख्य उद्देश्य हो ।

बुद्धिस्ट मात्रै नभएर सबै संसारका मानिसमा सकारात्मक सोच र अध्यात्मीक ज्ञान सबैका जाहोस् भनेर पनि यो कार्यक्रम आयोजना गरिएको छ । यो कार्यक्रमबाट आध्यात्मीक फाइदा हुन्छ । भगवान बुद्धको शरीर,मनर वचनलाई मुक्तिको बाटोमा लिन सकिन्छ भन्ने कुरा पनि सिकाइन्छ । यो क्षेत्रका विज्ञहरुको पनि उपस्थितिले गर्दा यसलाई अझ प्रभावकारी बनाउने छ ।

अर्को तर्फ पर्यटनको संम्भावना पनि बढाउने भयो । लुम्बिनीको बारेमा विश्वले पनि चिन्ने मौका पाउँछ । यसरी कार्यक्रम हुँदा विदेशबाट त्यहाँ आउनेहरुको संख्या पनि बढ्ने छ । यहाँ विभिन्न देशका व्यापारीहारु पनि आउने कार्यक्रमम भएकाले पनि यसले आर्थिक रुपमा पनि फाइदा पुग्ने निश्चित छ । देशमा लगानी पनि आउन सक्छ । विश्वविद्यालयलाई पनि हामीहरुले जोड्ने प्रयास गरेका छौँ ।

कपिलबस्तुमा संग्रालय बनाउने कुरा पनि भइरहेको छ । राम्रो संग्रालयको अवधारणा पनि हामीहरुले ल्याएका छौँ । त्यस्तै भिक्षुहरु पढ्ने राम्रो विद्यालय हुन पनि आवश्यक छ । विश्वविद्यालय छ । तर, विद्यार्थीह अध्ययन गर्नका लागि बुद्ध जन्मेको ठाउँमा आउँदा विद्यालयको पनि आवश्यक रहेको छ । यो महोत्वसमा सरकारको मातहतमा रहेको लुम्बिनी डेभलपमेन्ट ट्रस्ट, सारीपुत्र फाउण्डेसन, लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी नगरपालिका, चाइनिज कल्चर प्रमोशन सोसाइटी लगायत संघसंस्थाले यो कार्यक्रमका लागि सहयोग गरेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार