
काठमाडौं । नेपाली गायिका फुटी शेर्पाले भारतको सिलगुडीमा आयोजित अन्तर्राष्ट्रिय गायन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेकी छन् । गत जनवरी ११ तारिखमा सम्पन्न भएको ‘टप थ्री लाइभ प्रस्तुति’ मा उनले शेर्पा भाषाको गीतमा टुंना बजाएर द थ्री सिज ब्याण्डसँग मिलेर विशेष प्रस्तुति दिएकी थिइन् ।
बर्णमाला परिवारले आयोजना गरेको यस प्रतियोगितामा नेपालबाट छनोट भएर फुटी फाइनलमा पुगेकी थिइन् । यसअघि, उनले नेपालमा आयोजित हिमालयन एथ्निक गायन प्रतियोगिता २०२४ मा पनि दोस्रो स्थान हासिल गरिसकेकी छन् । प्रतियोगितामा सफलता प्राप्त गरेपछि फुटी शेर्पाले भनिन्, ‘म अत्यन्तै खुसी छु र साथै आफ्नो संस्कृतिप्रति पनि आभारी छु जसले सधैं मलाई संगीतका लागि प्रेरित गर्छ। संगीत संसारभरका सबै मानिसहरूका लागि कुनै पनि सीमा बिनाको सम्बन्ध हो, यो मेरो गहिरो विश्वास हो ।’ उनले यस सफलतामा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै वर्णमाला परिवार, सिक्किम सरकारका मुख्यमन्त्री प्रेम सिंह तामाङ–गोलाई र सबै संगीतकारहरूलाई विशेष धन्यवाद व्यक्त गरिन् ।
इलामको माइजोग्माई गापा–६, प्याङ्ग निवासी फुट्टी शेर्पा, हाल हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको सचिव पनि हुन् । साथै शेर्पा समुदायको चर्चित टुङ्ना (डाम्ङ्यान) बाधक र विभिन्न राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण पहिलो शेर्पा महिला गायिका समेत हुन ।












समाचार
किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न
भरतपुर अस्पतालमा सेवाग्राहीसँग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण
सुदूरपश्चिममा साउनमा सवारी साधन कारबाहीबाट ४३ लाख राजस्व सङ्कलन
गिनीमा फोहोरको थुप्रो खस्दा ३० जनाको मृत्यु
बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
ठमेल प्लाजा होटलले डाक्यो भदौ ३१ गते साधारण सभा, के-के छन् एजेन्डा ?
बार्सिलोनाको सानदार सुरुआत
भेन्चर हायर पर्चेज लिमिटेड
मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै