
काठमाडौं । यही असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’को शीर्ष गीत सार्वजनिक भएको छ । देशभक्ति भावनाको कथावस्तु समेटिएको चलचित्र ‘यो मन त मेरो नेपाली हो’को शीर्ष गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई,आयुशा समाल, बुद्धि तामाङ, मित्र प्रधानले अभिनय गरेका छन् ।
जरसिंह पौवास्थित साँगा चोकमा खिचिएको गीतमा विकास चौधरीको संगीत, शंकर अधिकारी घायलको शब्द र कमल रसाइलीको गायन रहेको । गीतले चलचित्रको कथावस्तु दर्शाउँछ । कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतमा २०० जति राष्ट्रिय झन्डाको प्रयोग गरिएको छ ।
पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् ।चलचित्रमा नारायण खाती, भूपेन्द्र लिङ्देन ‘मन्त्री’, सुवास भण्डारी, विजय सुब्बा, बिजिता परियार, देवराज राजवंशी, भानुभक्त सिटौला लगायतको पनि अभिनय रहेको छ । मित्र प्रधान (नर) को निर्देशन रहेको यस चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ ।













समाचार
भन्सार छलीका सामान बिक्री वितरण गर्ने तीन जना पक्राउ
नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा
भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद
समयको मागअनुसार संविधानको संवर्द्धन गर्नु समयोचित हुन्छ : मन्त्रिपरिषद् पूर्वअध्यक्ष रेग्मी
बाढी प्रभावित बालबालिकाको संरक्षणमा एमआइटी फाउन्डेसनले सघाउने
आज कागे अष्टमी पर्व मनाइँदै
आज संविधान दिवस देशभर मनाईंदै
सेयर बजारमा ८७ अंकको वृद्धि, ६ अर्ब माथिको औषत कारोबार
एक सातामा २ हजार १ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?
मनसुनी र पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?