
काठमाडौं । दिवङ्गत प्राडा बाबुराम शर्मा पोख्रेलका दुई कृति ‘हिमवत्खण्डको समीक्षात्मक अध्ययन’ र ‘स्तुति पुष्पाञ्जली’ आज सार्वजनिक भएका छन्। वरिष्ठ समालोचक एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति प्राडा वासुदेव त्रिपाठी, प्राडा विद्यानाथ उपाध्याय, प्राडा जीवेन्द्रदेव गिरी र प्रा नीलमणि ढुङ्गाना, प्रा केदार न्यौपाने र डा दिनेशचन्द्र पोख्रेलले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन्।
नेपाल संस्कृत विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष एवं त्रिभुवन विश्वविद्यालयका पुराण विभागका संस्थापक डा पोख्रेलको निधनको ११ वर्षपछि उनका छोरा पूर्वप्रहरी महानिरीक्षक एवं वरिष्ठ चिकित्सक दिनेशचन्द्र पोख्रेलले पुस्तक प्रकाशन गरेका हुन्। डा.पोख्रेलले पिएचडी गर्दाको विषयलाई संस्कृतमा लेख्नुभएको उक्त अनुसन्धानलाई प्रा नीलमणि ढुङ्गानाले नेपाली भाषामा अनुवाद गरी उक्त पुस्तक प्रकाशित गरिएको हो। पुराणहरूमध्ये स्कन्द पुराणमा ८१ हजार स्लोक रहेका र त्यसको उपपुराणमा ५० खण्ड रहेकामध्ये एक खण्ड हिमवत्खण्ड रहेको ढुङ्गानाले बताए।
वरिष्ठ समालोचक प्राडा त्रिपाठीले नेपालमा पुराणका प्रवर्तक नै प्राडा पोख्रेल रहेको उल्लेख गर्दै हिमवत्खण्डमा मूल रूपमा नेपाल खण्ड पाइने बताए। प्राडा उपाध्यायले पुराणको शिक्षाले जीवनजगत् अगाडि बढाउन र मार्गदर्शन गर्न मद्दत मिल्ने भन्दै प्राडा पोख्रेल पुराण इतिहासको स्तम्भ भएको बताए। साथै स्तुति पुष्पाञ्जलीले स्तुति गर्न सिकाउने उनको भनाइ छ।
वक्ता प्राडा गिरी, प्रा न्यौपानेले यो पुस्तकले प्राचीन विषयको अध्ययन गर्न चाहनेहरूका लागि महत्वपूर्ण दस्ताबेज रहेको उल्लेख गर्नुभयो। तत्कालीन केपी शर्मा ओली प्रधानमन्त्री भएका बेलामा हिमवत्खण्डसम्बन्धी दुईवटा सम्मेलन भएका थिए। प्राडा पोख्रेलको यो पुस्तकले यसबारे झन गहिराइमा पुर्याउने वक्ताहरूको भनाइ छ। पञ्चकुमारी सामाजिक गुठीको आयोजना तथा भरोसा अस्पतालको सहआयोजनामा भएको कार्यक्रममा लेखक पोख्रेलका पुत्र डा पोख्रेलले पिताको अर्को पुस्तक आगामी वर्ष प्रकाशित गर्ने बताए। उनले नेपाली साहित्य लेखनमा सम्मानको कमी भएको भन्दै सबैले यथोचित सम्मान पाउनुपर्नेमा जोड दिए।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम