काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार रुपैयाँ र चाँदी १० रुपैयाँल्े घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको २ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको २ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।