सेयर बजार परिसूचक दोहोरो अंकले घट्यो, कारोबार रकममा समेत गिरावट

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ । अघिल्लो दिन सामान्य बढेको बजार आज १४ दशमलव ५३ अंकले घटेर २६४७ दशमलव ०७ विन्दुमा पुगेको हो ।

आज सेयर बजारमा कारोबार भएका कम्पनीहरुमध्ये ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ३ दशमलव ५९ अंकले घटेर ४४५ दशमलव ४८ विन्दुमा पुगेको छ । त्यस्तै आज १३ उपसूचकमध्ये २ वटा उपसूचकको सेयर मूल्य बढेको छ भने ११ वटाको घटेको छ ।

परिसूचकसँगै कारोबार रकममा पनि आज गिरावट आएको छ । अघिल्लो दिन १० अर्ब माथिको कारोबार भएको बजारमा आज ८ अर्ब ९१ करोड २८ लाख ४३ हजार ९१९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सेयर बजारमा ३२७ कम्पनीका २ करोड ३६ लाख ८९ हजार ७१ कित्ता सेयर ७६ हजार ९९८ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार