
काठमाडौं । म्यानचेस्टर युनाइटेड र टोटनह्यामले युरोपा लिगको सेमिफाइनलको पहिलो लेगको खेलमा जित निकालेका छन् । गए राति भएको खेलमा दुई प्रिमियर लिग क्लबहरुले जित निकालेका हुन् ।
यो जितसँगै दुवै टोलिले फाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएका छन् । युनाइटेडले एथ्लेटिक क्लबलाई पहिलो लेगमा ३–० ले हराएको छ । ओल्ड ट्राफोर्डमा हुने सेमिफाइनल दोस्रो लेगका लागि म्यान युनाइटेडले फराकिलो अग्रता बनाएको छ । ३०औं मिनेटमा खेल नाटकीय रुपमा युनाइटेडको पक्षमा मोडियो । जब ह्यारी म्याग्वायरले दायाँपट्टिबाट केही राम्रो कौशल देखाउँदै क्रस गरे र त्यो कासेमिरोले हेड गरेर गोलमा परिणत गरे । त्यसको ७ मिनेटपछि भिएआरको समीक्षा पछि रास्मुस होइलुनमाथि ड्यानी भिभियनले गरेको फउलका लागि युनाइटेडलाई पेनाल्टी दिइयो । कप्तान ब्रुनो फर्नान्डेजले पेनाल्टी सहज रूपमा गोलमा परिणत गरे र अग्रता दोब्बर बन्यो ।
४५ औं मिनेटमा म्यानुएल उगार्टेले दिएको पासमा फर्नान्डेजले अर्को गोल गरेपछि युनाइटेड पहिलो हाफमा ३–० ले अघि बढ्यो । टोटनह्यामले अर्को सेमिफाइनल पहिलो लेगमा बोडो÷ग्लिम्टलाई ३–१ ले पराजित गरेका छ । नर्वेजियन क्लब बोडो÷ग्लिम्टविरुद्धको सेमिफाइनलको पहिलो लेगमा ३–१ को जित हात पार्दै टोटनहम बलियो स्थितिमा पुगेको छ । एन्ज पोस्टेकोग्लुको टोलीले खेल सुरु भएको ३८ सेकेन्डमै खेलमा अग्रता बनायो । रिचार्लिसनको हेडरमा ब्रेन्नन जोनसनले गोल गरे । पेड्रो पोर्रोको लामो पासलाई उत्कृष्ट रूपमा नियन्त्रण लिदै जेम्स म्याडिसनले बललाई कुनामा पु¥याएर अग्रता दोब्बर बनाए ।
क्रिस्टियन रोमेरोलाई फउल गरेपछि डोमिनिक सोलाङ्केले पेनाल्टी गोल गर्दै टोटनहमलाई ३–० को अग्रता दिलाए । ८३ औं मिनेटमा उर्लिक साल्टनेसले गोल गर्दै झिनो आशा दिलाएका छन् । खेलभरमा ग्लिम्टको एक मात्र टार्गेटमा त्यही प्रहार थियो । यसले इंग्लिस युरोपा लिग फाइनलको सम्भावना बलियो देखिएको छ ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हिमालयन लघुवित्तले कमायो १० करोड ६६ लाख नाफा, अन्य सूचक कस्ता?
आइसिएफसि फाइनान्सको नाफा उच्च गिरावट, अन्य सूचक कस्ता ?
महुली लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?
साप्सु कालिका हाइड्रोपावरको साधारणसभा भदौ ५ गते, के-के छन् एजेण्डा ?
‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’
राष्ट्रियसभाको बैठक बस्दै, के छन् एजेन्डा?
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
साउनको तेस्रो सोमबार : सुन्दरीजलमा बोलबम भक्तजनको घुइँचो
इरानप्रति ट्रम्पको ‘यु–टर्न’ : आक्रमण रोकेर वार्ताको घोषणा