काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सेयरधनीहरूलाई पुरानो नगद लाभांश लिन आग्रह गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेको नगद लाभांश ५ वर्षसम्म पनि नलिएमा त्यस्तो नगद लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नु पर्ने प्रावधान रहेको छ ।
कम्पनीले नगद लाभांश लिन छुटेका सेयरधनीलाई लाभांश लिन भनेको हो । साथै सेयर अभौतिकीकरण नगरेको भए सो समेत गर्न पनि आग्रह गरेको छ ।