
काठमाडौं । अन्तर्राष्ट्रिय जंगल दिवसको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी विश्व शान्ति मञ्चको आयोजनामा डोटी जिल्लाको आदर्श गाउँपालिका–७, दडीमाडा गाउँमा वृक्षरोपण गरेको छ। सन नेपाल लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको ८ हजार बिरुवा रोपण अभियानको पहिलो चरणमा १ हजार कागतीका बिरुवा रोपिएको कम्पनीले जानकारी दिएको छ।
उक्त कार्यक्रम सन नेपाल लाइफका सुदूरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैसीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष बासु गौतम, सन नेपाल लाइफका डडेल्धुरा शाखा प्रमुख खगराज शाह तथा स्थानीयबासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कम्पनीका अनुसार कागतीका बिरुवा रोप्नुका साथै स्थानीय समुदायलाई हस्तान्तरण समेत गरिएको छ। वृक्षरोपण अभियानले वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा स्थानीय स्तरमा फलफूलजन्य उत्पादन वृद्धि गर्न सहयोग पुग्ने विश्वासका साथ कम्पनीले यो कार्यक्रम अघि बढाएको हो।
सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो वार्षिकोत्सवलाई केवल औपचारिक समारोहमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोडेर समुदायमुखी कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ। स्थानीय तहमा यस्ता अभियानले वातावरणीय सन्तुलन कायम गर्न, हरियाली प्रबर्द्धन गर्न तथा भूमि संरक्षण गर्न सकारात्मक योगदान पुग्ने अपेक्षा कम्पनीले गरेको छ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना