क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने

काठमाडौं । लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन् । उनले मंगलबार सामाजिक सञ्जालमा उक्त जानकारी दिएका हुन् ।

‘धेरै सोचविचार पछि मैले यस पटकको लागि क्यान केन्द्रीय सम्झौताअन्तर्गत निरन्तरता नदिने निर्णय गरेको छु । यो क्रिकेट वा मेरो राष्ट्रबाट एक कदम टाढा होइन, यो व्यक्तिगत र व्यावसायिक रूपमा विकास गर्ने दिशामा एक कदम हो,’ उनले लेखेका छन् ।

क्यानले सन्दीपसहित ३३ पुरुष र १९ महिला क्रिकेटरलाई केन्द्रीय सम्झौतामा राखेको थियो । सन्दीप ‘ए’ ग्रेडमा थिए । उनले मासिक एक लाख रुपैयाँ पाउँदै आएका थिए । यस निर्णयपछि आफू खेलिरहने उनले बताएका छन्। ‘म अझै पनि नेपालका लागि खेलिरहनेछु । सधैंझैं उही जोश, उही समर्पणका साथ। नेपालको जर्सी लगाउनु मेरो लागि सधैं गर्वको कुरा हो र यो जिम्मेवारी सधैं मेरो हृदयमा रहनेछ,’ उनले लेखेका छन्।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार