
काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट (एनपिएल) को पहिलो क्वालिफायरमा जित निकाल्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको छ । आज भएको खेलमा विराटनगर किङ्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम दोस्रो पटक फाइनमा प्रवेश गरेको हो ।
१५६ रनको लक्ष्य सहित जबाफि ब्याटिङ गरेको विराटनगर १४.१ ओभरमा ७८ रनमा अलआउट भयो । विराटनगरका लागि फाप डुप्लेसीसले सर्वाधिक ३६ रनेको योगदान दिए । अन्यको प्रदर्शन सम्झन लागय रहेन् । विराटनगरलाई सस्तैमा रोक्ने क्रममा सुदूरपश्चिमका स्कट कुगेलेइजन, हरमित सिंह र अभिनास बोहोराले २/२ विकेट लिए । त्यस्तै हेमन्त धामी र दिपेन्द्र सिंए ऐरिले १/१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो । सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ६३ रनको योगदान दिए । शेल्डन ज्याक्सनले २० रनको योगदान दिए । त्यस्तै आरिफ शेखले पनि २० रनको योगदान दिए । विराटनगरका लागि मर्चेन्ट डे लाङ्गे र प्रतिश जिसीले समान २/२ विकेट लिए ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व