लखनऊमाथि दिल्लीको सानदार जित

काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनऊ सुपर जायन्ट्समाथि सानदार जित हात पारेको छ । मंगलबार सम्पन्न खेलमा दिल्ली ८ विकेटले विजयी भएको हो ।

जितसँगै दोस्रो स्थानको दिल्लीले ८ खेलबाट १२ अंक पुर्‍याएको छ । समान खेल खेलेको गुजरात टाइटन्स १२ अंकसहित शीर्ष स्थानमा छ । पराजित लखनऊको भने नौ खेलबाट १० अंक छ । लखनऊले दिएको १६० रनको लक्ष्य पछ्याएको दिल्लीले १७.५ ओभरमा दुई विकेट गुमाउँदै १६१ रन बनाएको हो । दिल्लीका लागि केएल राहुल र अभिषेक पोरेलको अर्धशतक बनाए । दिल्लीका ओपनर अभिषेकले ५१ रन बनाए । भने राहुलले ५७ रनको पारी खेले । त्यस्तै कप्तान अक्षर पटेल ३४ रनमा अविजित रहे । करुण नायरले पनि टोलिका लािग १५ रनको योगदान दिए । लखनऊका एडन माक्ररामले सर्वाधिक दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको लखनऊले ६ विकेट गुमाउँदै १५९ रन बनायो । लखनऊका ओपनर माक्ररामल सर्वाधिक ५२ रन बनाए । अर्का ओपनर मिचेल मार्शले ४५ रन बनाए । आयुष बडोनी ३६ रनमा आउट हुँदा डेभिड मिलर १४ रनमा अविजित रहे । दिल्लीका मुकेश कुमारले सर्वाधिक चार विकेट लिए । मिचेल स्टार्क र दुष्मन्थ चमेराको नाममा समान एक विकेट रह्यो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार