
भोजपुर । यहाँको रामप्रसाद राई गाउँपालिका ४ दलगाउँको दितेनीस्थित चुलाचुली गुफा ओझेलमा परेको छ । स्थानीय सरकारले यो गुफाको संरक्षण तथा विकास गरिरहेको भएपनि प्रचार अभावमा यो स्थल ओझेलमा परेको हो । हेर्दा नै अनौठो लाग्ने यो स्थानले धेरैको मन लोभ्याउने गर्दछ ।
भौगोलिक रुपमा विकट क्षेत्रमा रहेकोले यो स्थान देश विदेशमा परिचित बन्न नसकेको स्थानीयवासी अनिल राईले बताए। यहाँ रहेका ढुङ्गामा विभिन्न देवी देवताको आकृति देख्न सकिने उनको भनाइ छ ।त्योसँगै यो स्थल अवलोकनको क्रममा विभिन्न आश्चर्यजनक ठाउँहरुसमेत हेर्न सकिने उनले जानकारी दिए ।
‘चुलाचुली गुफा हेर्दा नै आश्चर्यजनक स्थल देखिन्छ’ उनले भने,’ सायदै नेपालमा यस्ता ठाउँ कमै होलान् । यहाँका ढुङ्गामा प्राकृतिक रुपमा कुदिएका विभिन्न देवी देवताको आकृति देख्न सकिन्छ । ढुङ्गाहरुमा मादलको झै आवाज आउँछ । यहाँ दर्शन गरे मनोकाङ्क्षा पुरा हुने धार्मिक विश्वास पनि छ । तर यो स्थान ओझेलमा परेको अवस्था छ ।’
डाँडामा रहेको यो स्थानको करिव दुई रोपनी क्षेत्रमा रहेको ढुङ्गाहरु खोलाका बगर झै कुदिएका छन् । गुफा भित्र शिव तथा विभिन्न देवीदेवताको मूर्तीसँगै, हात्ती जस्तो सुडो, गाईको थुन, नाँगको चित्रलगायतको आकृति रहेको स्थानीयवासीको भनाइ छ । यहाँ राम नवमी, नयाँ वर्षलगायत विभिन्न अवसरमा मेला लाग्ने गरेको स्थानीयबासी विनोद राईले बताए। ‘यो गुफा हेर्दा नै अनौठेको खालको छ’ उनले भने, ‘स्थानीय सरकारले संरक्षणको काम गरिरहेको छ । २०७२ सालको भुकम्पको कारण गुफामा पस्ने बाटो केहि ठाउँमा टालिएको छ । भित्र पस्नको लागि बत्ती जडान गर्नु पर्ने आवश्यकता छ । यो ठाउँलाई सानो हलेसीको रुपमा पनि लिने गरिन्छ ।’
वडाको एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल रहेकोले यसको संरक्षणको काम भइरहेको वडाध्यक्ष बाबुकुमार राईले बताए। यहाँ मन्दिर निर्माण, घेराबारा, शौचालय तथा विश्राम स्थल निर्माणको काम गरिएको उनले जानकारी दिए । नेपाल जलवायु अनुकुलन नमूना कार्यक्रम अन्तर्गत यहाँ संरक्षण तथा विभिन्न संरचना निर्माणको काम भइरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। यो वर्ष सो कार्यक्रमबाट दश लाख लागतमा संरक्षणको काम भइरहेको उनको भनाइ छ । यो क्षेत्रको बृहत्तर विकास लागि विस्तृत परियोजना प्रतिवेदन (डीपिआर) तयार गरेर आवश्यक काम गरिरहेको अध्यक्ष राईले जानकारी दिए। गुरु योजना बनाएर नै गाउँपालिका भित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिकाले काम गरिरहेको अध्यक्ष राईले जानकारी दिए ।













समाचार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन
सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक
सेयर बजारको गिरावटमा लागेन ब्रेक, परिसूचक ७ अंकले घट्दा ४ अर्बको कारोबार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए