खरबुजा खेतीबाट एक याममा ५ लाख आम्दानी गर्दै थापा

झापा । मेचीनगर नगरपालिका–७ का ५१ वर्षीय प्रकाश थापाले खरबुजा खेतीबाट एक याममा ५ लाख रुपैयाँ बढी आम्दानी गरेका छन् । उनले १७ कठ्ठा जमिन भाडामा लिएर खरबुजासहित विभिन्न तरकारीखेती गर्दै आएका हुन् ।

थापाले अहिले खरबुजा प्रतिकिलो ४० रुपैयाँमा बिक्री भइरहेको जानकारी दिए । वार्षिक ४० हजार रुपैयाँ तिरेर भाडामा लिइएको जमिनमा खेती गरेको भन्दै गत फागुनदेखि हालसम्ममा पाँच लाख रुपैयाँको खरबुजा बिक्री भएको उनले बताए । ‘अन्य तरकारीखेती पनि गरेको छु’, उनले भने, ‘तर खरबुजाले जस्तो आम्दानी तरकारीबाट हुन सकेको छैन ।’

झापामा गर्मी बढेसँगै खरबुजाको व्यापार बढेको छ । थापाले उत्पादन गरेको खरबुजा बिक्रीका लागि धुलाबारी, काँकरभिट्टा, चारआलीलगायत चोक तथा बजारमा लैजाने गर्छन् । उनले बजारको समस्या नभएको बताउँदै बारीमा आउने व्यापारीलाई भने प्रतिकिलो ३० रुपैयाँका दरले बिक्री गर्दै आएको जानकारी दिए । मेचीनगर, भद्रपुर र कनकाई नगरपालिका क्षेत्रमा खरबुजाको व्यावसायिक खेती हुँदै आएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार