
काठमाडौं । आज पुस १७ गते बिहिबार सेयर बजारमा १४ वटा सूचीकृत कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम अवसर रहेको छ। यी कम्पनीहरूले पुस १८, १९ र २० गतेका लागि बुक क्लोज मिति तोकेकाले आजसम्म सेयरधनी बनेका लगानीकर्ताले मात्रै सम्बन्धित लाभांश प्राप्त गर्न सक्नेछन्।
लघुवित्त, हाइड्रोपावर, इन्स्योरेन्स, फाइनान्स र दूरसञ्चार क्षेत्रका कम्पनीहरू यस सूचीमा परेका छन्। सेयरधनीले आजसम्म सेयर खरिद गरी सम्बन्धित कम्पनीको बोनस सेयर वा नगद लाभांश सुरक्षित गर्न सक्ने अवस्था बनेको हो। समता घरेलु लघुवित्त र मेरो माइक्रोफाइनान्सले पनि पुस ३० गते साधारणसभा बोलाएका छन्, जहाँ समताले ५ प्रतिशत बोनस र ०.२६३२ प्रतिशत नगद तथा मेरो माइक्रोफाइनान्सले ४.७५ प्रतिशत बोनस र ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन्।
स्वरोजगार लघुवित्त वित्तीय संस्थाले कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ, जसअन्तर्गत १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश समावेश छ। संस्थाको साधारणसभा माघ ३ गते हुने तय छ। ग्लोबल आईएमई लघुवित्तले ४.७५ प्रतिशत बोनस र ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। कालिका पावर कम्पनीले ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित साधारणसभा आह्वान गरेको छ। अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयरसहित ०.२६३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने यसको साधारणसभा पुस ३० गते बस्नेछ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले ६.४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ भने अपि पावर कम्पनीले ५ प्रतिशत बोनस सेयरसहित ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ। हिमालयन लघुवित्तले ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने सूर्यज्योति लाइफ इन्स्योरेन्सले १३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
युनाइटेड इदीमार्दी एण्ड आरवि हाइड्रोपावरले ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद लाभांश दिने जनाएको छ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने नेपाल टेलिकमले सबैभन्दा बढी ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।लगानीकर्ताले आजको कारोबार समाप्तिसम्म सेयर खरिद गरेमा यी सबै कम्पनीको लाभांशका लागि योग्य हुनेछन्।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना