
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ४ महिनासम्ममा करिब १६ अर्ब रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको निर्जीवन बीमा कम्पनीहरुको तथ्यांक अनुसार १५ अर्ब ८४ करोड ८२ लाख रुपैयाँको व्यवसाय गरेको हो ।
निर्जीवन बीमा कम्पनीहरुले ९ लाख ३ हजार ९८ बीमालेख जारी गरेर उक्त रकम बराबरको बीमाशुल्क संकलन गरेका हुन् । चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा सबै भन्दा धेरै बीमा शुल्क संकलन गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । यो कम्पनीले कात्तिक महिनासम्मको अवधिमा १ अर्ब ७८ करोड रुपैयाँको बीमा व्यवसाय गरेको छ ।
त्यस्तै धेरै बीमा शुल्क संकलन गर्ने कम्पनीको दोस्रोमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब ७३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । यो अवधिमा तेस्रोमा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्स १ अर्ब ६० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै सानिमा जिआईसीले यो अवधिमा १ अर्ब २ कारोड, सिद्धार्थ प्रिमियरले १ अर्ब ५४ करोड, आईजिआई प्रूडेन्सियल इन्स्योरेन्सले १ अर्ब २७ करोड रुपैयाँ र युनाइटेड अजोडले १ अर्ब ७ करोड रुपैयाँको बीमा शुल्क संकलन गरेको छ ।
त्यस्तै एनएलजी इन्स्योरेन्सले यो अवधिमा १ अर्ब २६ करोड, प्रभु इन्स्योरेन्सले ६५ करोड, नेको इन्स्योरेन्सले १ अर्ब १४ करोड, नेशनल इन्स्योरेन्सको ५० करोड, राष्ट्रिय बीमा कम्पनीले ४३ करोड रुपैयाँ, दि ओरियन्टलले ९२ करोड र नेपाल इन्स्योरेन्सले ८६ करोडको बीमा व्यवसाय गरेको छ ।













समाचार
‘विद्यमान कानुनबाट नै निजी क्षेत्रलाई पावर ट्रेडिङको लाइसेन्स दिन सम्भव’
सिरुबारी पहिरोः बेनी-जोमसोम सडकको मुख्य चुनौती
ईभीमा प्रयोग हुने ब्याट्रीको दर्ता, ट्र्याकिङ, संकलन, पुनःप्रयोग र रिसाइक्लिङका लागि स्पष्ट तथा व्यवस्थित प्रणाली आवश्यक : सरोकारवालाहरु
नाइमा एक्स्पोमा बढ्दो भीड, शनिबार र आइतबार व्यवस्थापनमा विशेष तयारी
झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
एनसेलसँग सम्वन्धित प्रतिवेदन सार्वजनिक नगर्न र क्रियान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
महानगर प्रमुख आचार्यसँग रसियन दूतावासका प्रतिनिधिको भेट
पाँचतारे होटललाई ग्यास कालोबजारीको आरोप लगाएको भन्दै हानको आपत्ति
‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’