
काठमाडौं । आज सेर बजार सामान्य बढेर काराेबार बन्द भएकाे छ । आज बजार मापन गर्ने सूचक ०.८५ अंकले बढेर परिसूचक २६७५.६२ बिन्दु कायम भएको छ ।
बजार स्थिर बन्दा कारोबार रकम भने घटेको छ । यो दिन ३१८ कम्पनीको १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर ६ अर्ब ५२ करोड ७८ लाख ३९ हजार ५८१ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा बैंक, विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन र ट्रेडिङ समूहको उपसूचक बढेको छ भने बाँकी समूहको घटेको छ । कारोबारमा ८५ कम्पनीको मूल्य बढेको छ भने १६१ कम्पनीको घटेको छ । कारोबारमा ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा युनिभर्सल पावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ६३ करोड ५८ लाख १९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा राधी विद्युत कम्पनी र ङादी ग्रुप पावर कम्पनी रहेको छ ।











समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै