काठमाडौं । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सलाई पराजित गरेको छ । आइतबार सम्पन्न अन्तिम खेलमा चेन्नई ८३ रनले विजयी भइको हो ।
२३१ रनको लक्ष्य पछ्याएको गुजरात १८.३ ओभरमा १४७ रनमा अलआउट भयो । नूर अहमद र अंशुल कम्बोजले समान विकेट लिए । रविन्द्र जडेजाले दुई विकेट लिए। गुजरातका ओपनर साई सुदर्शनले सर्वाधिक ४१ रन बनाए । अर्शद खानले २० रनको योगदान दिए । अहमदाबादको नरेन्द्र मोदी रंगशालामा चेन्नईले टस जितेर ब्याटिङ रोजेको थियो । टोलीले २० ओभरमा पाँच विकेट गुमाएर २३० रन बनाएको थियो । रविन्द्र जडेजा २१ रन बनाएर अविजित रहे ।
डेवाल्ड ब्रेभिसले २३ बलमा ५७ रनको इनिङ खेले । डेभन कोन्वे (५२) ले पनि अर्धशतक बनाए। ओपनर आयुष म्हात्रेले ३४ र उर्विल पटेलले ३७ रन बनाए । प्रसिद्ध कृष्णले दुई विकेट लिए ।