आईपीएल क्रिकेट : पन्जाबद्वारा लखनउ पराजित 

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब सुपर किङ्ग्स विजयी भएको छ । गए राति सकिएको खेलमा पन्जाबले लखनउ सुपर जायन्ट्सलाई ३७ रनले हराएको हो ।

पन्जाबले दिएको २ सय ३७ रनको लक्ष्य पछाएको लखनउ २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९९ रनमा समेटियो । लखनउका लागि आयुष बडोनीले सर्वाधिक ७४ रन बनाए । अब्दुल सामदले ४५ रन जोडे । पन्जाबका अर्षदीप सिंहले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३६ रन बनाएको थियो । उसका प्राभसिम्रन सिंहले सर्वाधिक ९१ रन बनाए । श्रेयस अय्यरले ४५ रन जोडे । लखनउका आकाश सिंह र दिगभेष राथीले समान २ विकेट लिए । आईपीएलमा सात खेल जितेको पन्जाब १५ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पन्जाब शीर्ष स्थानको रोयल च्यालेन्जर्स बेङ्गलुरुभन्दा १ अङ्कले पछि छ । लखनउ १० अङ्कसहित सातौं स्थानमा छ । हिजो भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई एक रनले हराएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार