
काठमाडौं । भारत–इङग्ल्याण्ड तेस्रो टेष्टको पहिलो पारी टाई भएको छ । पहिलो पारीमा दुवै टोलिले समान ३८७ रन बनाएका हुन् ।
भारतका लागि केएल राहुलले शतक बनाए । लड्स मैदानमा दोस्रो शतक बनाएका राहुलले १३ चौकाको सहयोगमा १०० रन जोडेका थिए । ऋषभ पन्त ७४, रविन्द्र जडेजा ७२, करुण नायर ४०, नितिश कुमार रेड्डी ३० तथा वासिंटन सुन्दर २३ रन बनाएका थिए । घरेलु टोलीका क्रिस वोक्सले ३, जोफ्रा आर्चर र कप्तान बेन स्टोक्सले समान २ तथा शोयब बसिर र बायडेन कार्सले समान १ विकेट लिए । शनिवार नै दोस्रो पारी सुरुवात गरेको घरेलु टोलीले तेस्रो दिनको खेल सकिदा १ ओभरमा २ रन बनाएको छ ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले पूर्व कप्तान जो रुटको शतक सहयोगमा ३८७ रन बनाएको थियो । रुटले १०४ रनको पारी खेले । त्यस्तै बायडन कार्स ५६ तथा जेमी स्मिथ ५१ रनमा बनाएका थिए । कप्तान बेन स्टोक्स र ओली पोप समान ४४ तथा बेन डकेट २३ रनमा आउट भएका थिए ।
भारतका जसप्रित बुमराहले ५ विकेट लिए । नितिश कुमार रेड्डी र मोहम्मद सिराजले समान २ तथा रविन्द्र जडेजाले १ विकेट लिएका थिए ।
५ टेस्टको सिरिज १–१ को बराबरीमा छ । पहिलो टेस्टमा इङ्ग्ल्याण्ड र दोस्रोमा भारत विजयी भएको थियो।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह