
काठमाडौं । ब्राइटन एन्ड होभ एल्बियनले प्रिमियर लिगको साविक विजेता आर्सनल माथि सानदार जित निकालेको छ । शनिबार भएको खेलमा ब्राइन ३–० ले विजयी भउको हो ।
आर्सनलको जारी सिजनमा शतप्रतिशत विजयमा समेत पूर्णविराम लागेको छ । अमेरिकन एक्सप्रेस स्टेडियममा घरेलु टोलीले आर्सनललाई खेलभर दबाबमा राख्दै प्रभावशाली जित निकालेको हो । आर्सनलले सिजनको सुरुवाती ४ खेलमा लगातार जित हासिल गरेको थियो । ब्राइटनका लागि पास्कल ग्रोस, चारालाम्पोस कोस्टुलास र चेम्मा एन्ड्रेसले गोल गरे । ग्रोसले ३१ औँ मिनेटमा पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट प्रहार गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा कोस्टुलासले पनि लामो दूरीबाट गोल गर्दै ब्राइटनको अग्रता २–० बनाए ।
दोस्रो हाफको १२ औँ मिनेटमा चेम्माले हेडमार्फत गोल थपेपछि ब्राइटन ३–० ले अघि बढ्यो । ग्रोसको कर्नरमा आर्सनलको कमजोर रक्षाको फाइदा उठाउँदै हेडमार्फत गोल गरेका थिए । आर्सनलले गोल फर्काउने अवसर पाए पनि सदुपयोग गर्न सकेन् । उसका काइ हाभट्र्जले डिफेन्स पछाडि पुगेर पाएको राम्रो अवसरमा गरेको प्रहार ब्राइटनका गोलरक्षक बार्ट भेब्र्रुगनले रोके । क्लबको १ सय २५ औँ वार्षिकोत्सवका अवसरमा विशेष पोसाकमा मैदान उत्रिएको ब्राइटनले शानदार जितसँगै उत्सव मनाएको छ ।
जितपछि १० अंकसहित ब्राइटन अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसको अंक दोस्रो स्थानको आर्सनलभन्दा २ कम छ । त्यस्तै, टोटेनहम हटस्पर पनि घरेलु मैदानमा एस्टन भिल्लासँग ३–२ ले पराजित भयो । भिल्लाका लागि यो सिजनको पहिलो लिग जित हो । जोहान मान्जाम्बी, निकोलस ज्याक्सन र एमिलियानो बुएन्डियाले भिल्लाका लागि गोल गरे। अर्को खेलमा न्युकासल युनाइटेडले हल सिटीलाई २–१ ले हरायो । न्युकासलका जो विलक र लुइस हलले गोल गर्दा हलका मोहम्मद–अली चोले एक गोल फर्काए । एभर्टनले इप्सविच टाउनलाई १–० ले पराजित ग¥यो । एभर्टनका लागि थियर्नो ब्यारीले निर्णायक गोल गरे । जितसँगै एभर्टन ९ अंक सहति अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।











समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा डेविड, निर्देशक झपिन्द्र
सप्तरीबाट १४ सय किलो गाँजा बरामद
सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ
आरोहण टोली धवलागिरि आधार शिविरमा
रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो
छारेभिरमा पहिरो खसेपछि कर्णाली कोरिडोर ठप्प
बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध
नेप्से परिसूचक १४४ अंकले घट्यो, पुँजीकरणमा पनि गिरावट
एनपीएलको खेल तालिका सार्वजनिक
देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, ३ प्रदेशमा भारी वर्षाको सम्भावना