त्रिदेशीय टी–२० क्रिकेट सिरिज : नेपाल र नेदरल्यान्ड्सको भिड्दै 

काठमाडौं । स्कटल्यान्डमा भइरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । यो खेल ग्लास्गोमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

आइतबार भएको खेलमा घरेलु टोली स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको छ । नेपालले घरेलु टोलीसँगै नेदरल्यान्ड्ससँग टी–२० शृङ्खला खेल्नेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रुपेश सिंह र किरण ठगुन्नाले पहिलो पटक मौका पाएका छन् । तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुलशन झा अभ्यास खेलमा घाइते भएकाले टी–२० शृङ्खला गुमाउनेछन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार