
काठमाडौं। गोल्डेनपिक, इडेन ब्रिज एकेडेमी (इबीए) र डिफेन्डिङ च्याम्पियन रिब्सले पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । गोल्डेनपिक सिनियर ब्वाइज, इबीए जुनियर ब्वाइज र रिब्स सिनियर गल्र्समा च्याम्पियन बने । गोल्डेनपिक र इबीए अपराजित रहँदै च्याम्पियन बने भने रिब्स समूह चरणमा १ खेलमा पराजित भएको थियो । गोल्डेनपिकले पहिलो संस्करणपछि पहिलोपटक सहभागिता जनाएको हो । इबीए पहिलो सहभागितामै च्याम्पियन बन्न सफल भयो ।
बुद्धनगरस्थित आयोजक केएमसीमा भएको सिनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले बाल दीक्षा सदनलाई ४८–४५ को झीनोअन्तरले पराजित गर्यो । गोल्डेनपिकका विजय तामाङले २१ अंक जोडे । जुनियर ब्वाइजको फाइनलमा इबीएले ग्रिनफिल्डलाई ४१–२१ ले हरायो । इबीएका दिग्विजय पुरीले ११ स्कोर गरे । सिनियर गल्र्सको उपाधि भिडन्तमा रिब्सले चेल्सी वल्र्ड स्कुललाई २५–२१ ले पाखा लगाउदै उपाधि रक्षा गर्यो । रिब्सकी सुप्रिया मल्लले ११ अंक जोडिन् । उपाधिसंगै रिब्सले चेल्सीसंग समूह चरणमा व्यहोरेका हारको बद्ला पनि लियो ।
फाइनलका सर्वाधिक स्कोरकर्तात्रय विजय, दिग्विजय र सुप्रिया आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा नेपाल सेन्ट्रल, सिनियर गल्र्समा मानाङ्क चिल्ड्रेन र जुनियर ब्वाइजमा गोल्डेन फ्लावरले ‘स्पिरिट अफ केएमसी बास्केटबल अवार्ड’ हात पारे ।
विजेतालाई बागमती प्रदेशीकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल, प्याब्सनका केन्द्रीय उपाध्यक्ष किशोर गौतम, केएमसीका कार्यकारी निर्देशक डा. ध्रुव भट्टराई, निर्देशक एसोसिएट प्रोफेसर डा. मनोजकुमार थापा र प्रिन्सिपल द्वारिकानाथ अम्गाईंले एक कार्यक्रमबीच पुरस्कृत गरे । पुस २७ गतेदेखि सुरु भएको प्रतियोगिताको सिनियर/जुनियर ब्वाइजमा समान १२–१२ तथा गल्र्समा ८ टिम सहभागी थिए ।













समाचार
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन