
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पूर्वसन्ध्यामा सुदूरपश्चिम रोयल्सले आफ्नो ट्रफी टूरको घोषणा गरेको छ । टोलीले शुक्रबार र शनिबार प्रदेशका विभिन्न सहरमा ट्रफी प्रदर्शन गर्ने भएको छ ।
शुक्रबारको तालिकाः
शुक्रबारको ट्रफी टूर बिहान ८ बजे टिकापुरबाट सुरु हुनेछ । तालिकाअनुसार, ट्रफीलाई निम्न स्थान र समयमा प्रदर्शन गरिनेछ ।
बिहान ९ बजेदेखि ९ः४५ सम्मः खड्क चोक
बिहान १०ः३० देखि ११ः३० सम्मः चिसापानी पुल
मध्यान्ह १२ बजेदेखि १२ः३० सम्मः लम्की चोक
दिउँसो १ बजेदेखि १ः३० सम्मः घोडाघोडी ताल
बेलुका ३ः३० देखि ४ः३० सम्मः दोधारा चाँदनी पुल
साँझ ५ बजेदेखि ६ बजेसम्मः महेन्द्रनगर (पहिलो दिनको ट्रफी टूरको समापन)
दोस्रो दिन शनिबारको तालिकाः
दोस्रो दिन, शनिबार ट्रफीलाई बिहान ८ बजेदेखि १० बजेसम्म सिद्धार्थ बैंक, धनगढीमा राखिनेछ । त्यसपछि र्यालीको सुरुवात हुनेछ, जुन सिद्धार्थ बैंकबाट चौराह चोक हुँदै बिहान १०ः३० बजेदेखि १२ बजेसम्म कभर्डहल पुग्नेछ । अन्त्यमा, कभर्डहलबाट १२ः३० मा अत्तरिया चोकमा ल्याई दिउँसो ३ बजेसम्म प्रदर्शन गरी टूर सम्पन्न हुनेछ । नेपाल प्रिमियर लिगको दोस्रो संस्करण मंसिर १ गतेदेखि २७ गतेसम्म सञ्चालन हुनेछ।
सुदूरपश्चिम रोयल्सको टोलीः
दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन।
मुख्य प्रशिक्षकः जगत टमटा













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन