नेदरल्याण्ड्सद्वारा नेपालसामु १७५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं ।स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सले नेपाललाई १७५ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रनको योगफल तयार पारेपछि नेपालले उक्त लक्ष्य पाएको हो ।

नेदरल्याण्ड्सका लागि ओपनर माइकल लेविटले सर्वाधिक ८६ रनको पारी खेले । पाँचौ विकेटका लागि लेविटले सकिव जुल्फिकरसँग मिलेर ६३ रनको अर्धशतकी साझेदारी गरेका थिए । जुल्फिकरले १४ रन बनाए । त्यस्तै रोइलेफ भान डर मिर्वोले ३६ तथा आर्यान दतले १७ रन बनाउँदै नट आउट रहे । नेदरल्याण्ड्सका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि करण केसीले २ तथा सन्दीप लामिछाने, रुपेष सिंह, ललितनारायण राजवंशी, दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

नेपाली टोलीमा मंगलबार स्कटल्याण्डसँग खेलेका ३ खेलाडी परिवर्तन भएका छन् । स्कटल्याण्डसँग खेलेका किरण ठगुन्ना, बसिर अहमद र अनिल साह बेन्चमा रहँदा भीम सार्की, आरिफ शेख र आसिफ शेखले टोलीमा मौका पाएका छन् ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार