
काठमाडौं । वेस्ट इन्डिज विरुद्धको पहिलो टेस्टमा घरेलु टोली भारत इनिङ अन्तरले विजयी भएको छ । तेस्रो दिनमा नै खेलको नतिजा निस्केको खेलमा भारत एक पारी र १४० रनले विजयी भएको हो ।
वेस्ट इन्डिज दोस्रो पारीमा ४५ ओभार १ बलेमा १४६ रनमा अलआउट भएपछि भारतले ठूलो अन्तरको जित निकालेको हो । वेस्ट इन्डिजका लागि एलिक एथानाजेले सर्वाधिक ३८ रनको पारी खेले । त्यस्तै जस्टिन ग्रीव्सले २५ रन बनाए भने जेडेन सील्स २२ रनको योगदान दिए । अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
पाहुना टोलीलाई सस्तैमा समेट्ने क्रममा भारतका लागि रविन्द्र जडेजा एक्लैले ४ विकेट लिए । त्यस्तै मोहमद सिराजले ३ विकेट लिए भने कुलदीप यादवले पनि २ विकेट लिए । वासिन्टन सुन्दरको नाममा एक विकेट रह्यो । यस अघि पहिलो पारीमा ३ खेलाडीले शतक पूरा गरेपछि भारलते ४४८ रनमा आफ्नो पारी समाप्तिको घोषणा गरेको थियो । भारतले तेस्रो दिनको सुरुमा नै ५ विकेटको क्षतिमा ४४८ रन बनाएको अवस्थामा पारी घोषणा गरेको थियो ।
भारतले पहिलो पारीमा २८६ रनको अग्रता लिएको अवस्थामा पारी समाप्तिको घोषणा गरेको थियो । अहमदाबादमा केएल राहुल, रविन्द्र जडेजा र ध्रुव जुरेलले सतक प्रहार गरे । राहुलले १०० रन बनाए । त्यस्तै जुरेलले १२५ रन बनाए भने जडेजा १०४ रनमा अविजित रहे । त्यस्तै, कप्तान शुभमन गिलले पनि अर्धशतक पूरा गरे । पहिलो पारीमा वेस्ट इन्डिज १६२ रन अलआउट भएको थियो ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू