
चितवन । इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा जोखिमपूर्ण अवस्थामा रहेका ढुङ्गा हटाएपछि सडक दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार चितवनको इच्छाकामना-६ स्थित तुइनभिरमा अड्किएर बसेको ढुङ्गा झार्न आज बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म सडक बन्द गरिकामा काम नसकिएपछि पुनः ३ः०० बजेसम्म बन्द गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक रविन्द्र खनालका अनुसार सो क्षेत्रमा सडकमाथि जोखिमपूर्ण अवस्थामा रहेका ढुङ्गा सडक डिभिजन कार्यालयले व्यवस्थापन गरेको हो । ढुङ्गा व्यवस्थापनसँगै बर्षात्को समयमा हुनसक्ने जोखिम र दुर्घटनामा केही कमी आउने उनले बताए ।
बिहानदेखि सुरु गरिएको ढुङ्गा पन्छाउने काम दिउँसो ३ः०० बजे सम्पन्न भएसँगै नारायणगढ-मुग्लिन सडक पूर्णरूपमा सञ्चालनमा आएको प्रहरी नायब उपरिक्षक रविन्द्र खनालले जानकारी दिए । उनका अनुसार बन्दा अवधिभर आफ्नो लेन अनुशासनमा रही सवारीसाधन रोक्न सडक डिभिजन र जिल्ला प्रहरी कार्यालयले सबैलाई अनुरोध गरेको थियो ।













समाचार
बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्
करोडौँ खर्चेर बनेको खुट्टीखोला सिँचाइ आयोजना अलपत्र: खेतसम्म पानी नपुग्दा किसान आकाशे पानीकै भरमा
साँझपख झनै चम्कन्छ भानुचोक
याङवरक पोखरी खानेपानी योजना सम्पन्न
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
गुराँस लघुवित्तको सेयरमूल्य समायोजन
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
दोहाेरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज