
काठमाडौं । सन् २०२५ को पहिलो ६ महिनामा साढे ५ लाखभन्दा बढी विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् । जसमध्ये सबैभन्दा धेरै पर्यटक भारतीय रहेका छन् ।
सन् २०२५ को पहिलो ६ महिनामा ५ लाख ७७ हजार ६८९ विदेशी पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले जनाएको छ । गत वर्षको सोहि अवधिमा ५ लाख ८३ हजार ११ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
बोर्डले जारी गरेको तथ्यांक अनुसार नेपाल घुम्न आउने विदेशी पर्यटक मध्ये सबैभन्दा धेरै एक लाख ४७ हजार ८३९ पर्यटक भारतीय छन् ।यसैगरी, ६ महिनामा ५८ हजार ३२६ अमेरीकी पर्यटकले नेपालको भ्रमण गरेका छन् । ५२ हजार ५१४ चीनियाँ, २८ हजार ९५६ बंगलादेशी र २७ हजार ६८ बेलायति पर्यटकले नेपालको भ्रमण गरेका छन् ।
यस अवधिमा अस्ट्रेलीयाबाट २२ हजार ९५, थाइलान्डबाट १७ हजार ६३४, श्रीलंकाबाट १५ हजार ४३२, जर्मनीबाट १४ हजार ४५५ र दक्षिण कोरीयाबाट १२ हजार ७२६ पर्यटक नेपाल भ्रमणमा आएको बोर्डको तथ्यांकमा उल्लेख गरिएको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह