काठमाडौं । एएफसी महिला एसियन कप छनोट अन्तर्गत श्रीलंका विरुद्धको पहिलो हाफमा नेपालले ४–० को अग्रता बनाएको छ । कप्तान सावित्रा भण्डारी (साम्बा) ले ह्याट्रिक पूरा गर्दा गिता रानाले १ गोल गरिन् ।
उज्वेकिस्तानमा जारी खेलको सुरुवातमा नै नेपालले श्रीलंकालाई दबाबमा राखेको थियो । नेपालले खेलको २० औं मिनेटमा अग्रता दुगुना गर्यो । समिक्षा घिमिरेको क्रसमा श्रीलंकाकी गोलकिपर साकुरा सेबान्डीले पन्च गरेको बल अनिताले साम्बालाई दिइन्। साम्बाले बक्स भित्रबाट गोल गरिन् ।