कप्तान गिलको कीर्तिमानी दोहोरो शतक

काठमाडौं । शुभमन गिलको कीर्तिमानी सानदार दोहोरो शतकमा भारतले इङ्गल्याण्ड विरुद्धको दोस्रो टेष्टको पहिलो इनिङसमा ५८७ रन बनाएको छ । भारतले ५ विकेटको नोक्सानीमा ३१० रनबाट दोस्रो दिन बिहीवार ब्याटिङ सुरु गरेको थियो ।

गिल ११४ रन र रविन्द्र जडेजाले ४१ रनबाट दोस्रो दिनको खेल अघि बढाएका थिए । २५ वर्षीय कप्तान गिलले रकेर्डको वर्षा नै गरे । उनले ३८७ बल खेलेर ३० चौका र ३ छक्काका सहित २६९ रनको पारी खेले । उनी इङ्ल्याण्डमा टेस्ट खेलमा दोहोरो शतक प्रहार गर्ने पहिलो एसियाली कप्तान बनेका छन् । उनी इङ्ल्याण्डमा सर्वाधिक रन बनाउने भारतीय कप्तान पनि बने ।

सन् १९९० मा मोहम्मद अजहरुद्दीनले बनाएको १ सय ७९ रनको कीर्तिमान तोडे । साथै उनी इङ्ल्याण्डमा टेस्ट खेलमा सर्वाधिक रन बनाउने भारतीय खेलाडी पनि बने । यसअघि सन् १९७९ मा द ओभलमा सुनिल गावस्करले २ सय २१ रन बनाएका थिए । गिल टेस्ट क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने २६ औं भारतीय खेलाडी बनेका छन् । अहिलेसम्म १२ भारतीय खेलाडीले एक–एक दोहोरो शतक बनाइसकेका छन् । उनी १३ औं खेलाडीका रुपमा त्यो सूचीमा थपिएका छन् । यो भारतीय खेलाडीद्वारा बनाइएको ५० औं दोहोरो शतक पनि हो । विराट कोहलीले ७ पटक दोहोरो शतक प्रहार गर्दै सबैभन्दा बढी दोहोरो शतक बनाउने भारतीय खेलाडीको कीर्तिमान बनाएका छन् ।

गिल टेस्ट कप्तानका रुपमा दोहोरो शतक बनाउने पाँचौँ भारतीय खेलाडी बनेका छन् । यसअघि विराट कोहली, सचिन तेन्दुलकर, एमएस धोनी, गावस्कर र मन्सूर अली खान पटौदीले कप्तानका रुपमा दोहोरो शतक बनाएका छन् । गिल टेस्ट र एकदिवसीय दुवैमा दोहोरो शतक बनाउने चौथो भारतीय खेलाडी पनि बने । यसअघि यो उपलब्धि रोहित शर्मा, सचिन तेन्दुलकर र वीरेन्द्र सेहवागको नाममा मात्र रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार