
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति थालिएको छ । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीले अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने चित्रेदेखि घोडेपानी जोड्ने सडक स्तरोन्नति सुरु गरेको हो ।
पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले ठेकेदार कम्पनीले सडक स्तरोन्नतिका लागि फराकिलो बनाउने काम थालेको बताए । विसं २०८१ कात्तिक १४ गते २ करोड २३ लाख ९६ हजारमा विकेश जय दुप्चे जेभीले ठेक्का सम्झौता गरेको थियो । चालु आर्थिक वर्षमा रु ७० लाख विनियोजन भएको यस योजनाका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ७५ लाख विनियोजन गरेको छ ।
यो योजनामार्फत चित्रेदेखि घोडेपानीसम्म चार किलोमिटर दुरीमा फराकिलो पार्ने, ग्रेड तथा घुम्ती सुधार गर्ने, नाली र टेवा पर्खाल बनाएर सडकलाई ग्राभेल गरिने भएको छ । विसं २०७५ मा गण्डकी प्रदेश सरकारको बजेटबाट मार्ग खुलेको सडक सात वर्षपछि स्तरोन्नति थालिएको हो । सडक सहज भएपछि घोडेपानी–पुनहिल क्षेत्रमा पर्यटक आगामन बढ्ने, स्थानीयवासीलाई आवतजावत गर्न सहज हुने घोडेपानीका बासिन्दासमेत रहनुभएका अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष डमबहादुर पुनले बताए ।
गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि चित्रे जोड्ने १८ किलोमिटर सडक सङ्घीय सरकारमार्फत गतवर्ष स्तरोन्नति भएको थियो । म्याग्दी १ (१) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीका अनुसार प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा रु तीन करोड बजेटको स्रोत सुनिश्चितता गरेर बहुबर्षीय ठेक्का लगाइएको हो ।
विसं २०८० मङ्सिर दोस्रो हप्ता घोडेपानीमा भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको समीक्षा कार्यक्रममा सहभागी हुन आउनुभएका प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तत्कालीन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीको प्रस्तावमा चित्रे घोडेपानी सडक स्तरोन्नति गर्न वर्ष बहुबर्षीय ठेक्का प्रक्रिया सुरु गर्ने घोषणा गरेका थिए ।
कास्कीको नयाँपुुल, तिखेढुङ्गा, उल्लेरी हुँुदै म्याग्दीको घोडेपानी जोड्ने सडक पोखरा बेनी जोमसोम सडकको पर्वत पोखरेबगर खण्डको वैकल्पिक बनाउन सकिने सम्भावना छ । अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने घोडेपानी पुनहिल दृष्य अवलोकनका लागि प्रसिद्ध छ । यहाँ वार्षिक ३० हजारजना भन्दा बढी विदेशी पर्यटक भ्रमणमा आउँछन् ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम