सेयर बजारको उकालो यात्रामा ब्रेक, नेप्से २२ अकंले घट्दा कारोबार रकम पनि खुम्चियो

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २२.३५ अंकले घटेर २६८४.०१ को बिन्दुमा बन्द भएको छ । सोमबार सेयर कारोबार रकममा पनि सामान्य गिरावट आएको छ । आज ३११ वटा कम्पनीको एक करोड ९४ लाख १५ हजार कित्ता सेयर खरिद–बिक्री भएर ८ अर्ब ३७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, यसदिन म्युचुअल फण्ड र होटल्स एण्ड टुरिज्म इन्डेक्समा हरियाली छाएको छ । यी बाहेकका अन्य उपसूचकहरु राताम्मे बनेका छन् ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ८० करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ । गार्डियन माइक्रो लाइफको ४१ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको २४ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । साहस ऊर्जाको २० करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै माथिल्लो मैलुङ खोलाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.५६ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लागनीकर्ताले ६.२८ प्रतिशतका दरले कमाएका छन् । भगवती हाइड्रोपावरका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएको छन् । आज सबैभन्दा धेरै राप्ती हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका गुमाएका हुन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार