चेल्सी क्लब विश्वकपको फाइनलमा

काठमाडौं । इंग्लिस क्लब चेल्सीले ब्राजिलको फ्लुमिनेन्सलाई हराउँदै फिफा क्लब विश्वकपको फाइनलमा स्थान पक्का गरेको छ । गत साता मात्र ब्राइटनबाट लन्डन क्लब भित्रिएका ब्राजिलियन फरवार्ड जोआओ पेड्रोको उच्च प्रदर्शनमा चेल्सीले २–० को जित दर्ता गरेको हो ।

फ्लुमिनेन्सको एकेडेमी हुँदै व्यावसायिक फुटबल करिअर सुरुवात गरेका पेड्रोले पूर्वक्लबविरुद्ध चेल्सीका लागि दुवै गोल गरेका थिए । १८ औं मिनेटमा पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहार गोल भएको थियो । चेल्सीको जर्सीमा पेड्रोले पहिलो पटक सुरुवाती रोजाइमा खेलेका थिए । फरवार्ड लियाम डेलाप दोस्रो पहेंलो कार्डका कारण निलम्बनमा परेसँगै पेड्रोले सुरुवात गर्ने अवसर पाएका थिए ।

उनले दोस्रो हाफको ५६ औं मिनेटमा दोस्रो गोल गरे । एन्जो फर्नान्डेजको पासलाई उनले शक्तिशाली प्रहारमा गोल गरेका थिए । फ्लुमिनेन्सले अन्त्यतिर पाएका अवसर सदुपयोग गर्न नसक्दा अपराजित यात्रामा पूर्णविराम लाग्यो । बुधबार हुने दोस्रो सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन र रियल म्याड्रिड खेल्नेछन् । फाइनल आइतबार हुनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार